Logo

निरन्तर बर्षाका कारण आज पनि आधा दर्जन विमानस्थल बन्द, यात्रुको विचल्ली

निरन्तर बर्षाका कारण आज पनि आधा दर्जन विमानस्थल बन्द, यात्रुको विचल्ली



काठमाडौं । बिहीबार राती देखी परेको पानीले गर्दा दर्जनौं विमानस्थलहरुबाट हुने उडान अझै खुलन सकेको छैन ।

laxmi

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रताप बाबु तिवारीका अनुसार लुक्ला, रुम्जाटार, लामिडाँडा, जनकपुर, सिमरा र रामेछाप विमानस्थ आज पनि बन्द भएका छन । त्यस्तै अन्य पश्चिम हिमाली क्षेत्रका सबै विमानस्थलहरु समेत बन्द भएको तिवारीले जानकारी दिएका छन । उनका अनुसार नेपालगञ्ज, धनगढी, भैरहवा, पोखरा, विराटनगर र चन्द्रगढी विमानस्थलमा भने उडान अवतरण भईरहेको छ ।

नेपालगञ्ज विमानस्थल संचालनमा आए पनि त्यहाँबाट काठमाडौं र डोल्पामा मात्रै उडान भईरहेको नेपालगञ्ज विमानस्थलका प्रमुख प्रमनाथ ठाकुरले जानकारी दिएका छन ।

उनका अनुसार नेपालगञ्ज विमानस्थलबाट हुने हिमाली जिल्लाहरुमा जुम्ला, रारा, सिमिकोट, बाजुरा र सल्लेमा भने उडान बन्द भएको छ । निरन्तर बर्षाका कारण उडान अवतरण नहुँदा विमानस्थलमानै यात्रुहरु अलपत्र परेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL