Logo

खुम्बु पासाङ ल्हामु गाउँपालिकामा स्क्यानर मेसिन राखिने, होला त फोहोर नियन्त्रण

खुम्बु पासाङ ल्हामु गाउँपालिकामा स्क्यानर मेसिन राखिने, होला त फोहोर नियन्त्रण



काठमाडौं । खुम्बु पासाङ ल्हामु गाउँपालिकामा आगामी बर्ष देखी स्क्यानर मेसिन प्रयोग हुने भएको छ ।

laxmi

सगरमाथा आरोहीहरुले लगेको सामग्रीहरु के कति संख्यामा लगेको छ तथा कति फिर्ता भएको छ भनि तथ्य संकलन गर्न उक्त मेसिन राख्ने तयारी भईरहेको पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिएका छन ।

उनका अनुसार हाल सगरमाथा क्षेत्रमा फोहोरको मात्रा बढ्दै गए पछि कम गर्नकै लागि उक्त मेसिन राख्ने तयारी गरेको हो । अहिले सगरमाथामा फोहोर बढ्दै गए पछि चौतर्फि चिन्ताको विषय बनिरहेको छ ।

सगरमाथा आरोहणमा जाने आरोहीले फोहोर नगरोस भन्नकै लागि उक्त मेसिन राख्न लागेको हो । मेसिनको प्रयोग पछि आरोहीले कति सामग्री लगेको थियो कति फिर्ता भयो सबै स्क्यानरले देखाउने भएकाले सो क्षेत्रमा फोहोर कम हुने विभागको विस्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL