Logo

मे देखी हुने हिमाल आरोहणको लागि १५१ जनाले गराए नाम दर्ता, सवा ८ करोड रोयल्टी संकलन

मे देखी हुने हिमाल आरोहणको लागि १५१ जनाले गराए नाम दर्ता, सवा ८ करोड रोयल्टी संकलन



काठमाडौं । २०१९ को मार्च ३१ सम्ममा हिमाल आरोहणका लागि २१ समुहको १५१ जनाले नाम दर्ता गराएका छन ।

laxmi

पर्यटन विभागको तथ्याङक अनुसार २०१९ को जनवरी देखी मार्च ३१ सम्मा विभिन्न ११ ओटा हिमाल आरोहणको लागि १५१ जनाले नाम दर्ता गराएको हो ।

पर्यटन विभागका सुचना अधिकारी सुरेन्द्र थापाका अनुसार मे महिना देखी हिमाल आरोहण गर्नका विदेशी पर्यटकले बुकिङ गरेको हो ।

थापाका अनुसार सगरमाथा आरोहणको लागि मात्रै ७ समुहको ५९ जना रहेको छ । अन्नपुर्ण १ को लागि ३ समुहको २३, मकालुका लागि १५, लोत्से र पुमोरी हिममालको लागि ११ जनाले नाम दर्ता गराएका छन ।

त्यस्तै सारेबाङ पिकको लागि १२ जनाले नाम दर्ता गराएका छन भने आमादब्लाम हिमाल आरोहणका लगि ८ जनाले नाम दर्ता गराएका छन ।

यसरी हिमाल आरोहणको लागि नाम दर्ता गराएका पर्यटकबाट ८ करोड १७ लाख ४१ हजार ९ सय ७ रुपैयाँ रोयल्टी संकलन गरेको समेत विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL