Logo

निगमको बोइङ ५७५ जहाज बिक्री अन्यौलमा, दैनिक आर्थिक भार थुपार्दै कहिलेसम्म राख्ने ग्राउण्डेड ?

निगमको बोइङ ५७५ जहाज बिक्री अन्यौलमा, दैनिक आर्थिक भार थुपार्दै कहिलेसम्म राख्ने ग्राउण्डेड ?



काठमाडौं । नेपाल वायुसेवा निगमको बोइङ ५७५ जहाज बिक्री प्रक्रिया अन्यौलमा परेको छ । निगमले उक्त जहाज बिक्री गर्ने तयारी गरेपनि अझै पनि आफैले संचालन गर्ने वा बिक्री गर्ने भन्ने विषयमा टुङ्गो लाग्न सकेको छैन ।

laxmi

उक्त जहाज बिक्री गर्ने व्यस्थापनको प्रस्तावलाई निगम सञ्चालक समितिले स्वीकृति गरी ७६ करोड रुपैयाँको मूल्याङकन समेत गरेको थियो । तर वाईडबडी काण्डले चर्चा पाए पछि निगम उक्त जहाज बिक्री गर्नबाट पछि हटेको थियो ।

निगमले उक्त जहाज बिक्री गर्ने वा संचालनमा ल्याउने भनेर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा समेत पत्रचार गरेको थियो । तर, पछि मन्त्रालयले उक्त जहाजको विषयमा टुङ्गो लगाउन निगम बोर्ड लाई नै जिम्मेवारी दिएको थियो ।

लामो समय वितिसक्दा पनि निगमबोर्डले जहाजको विषयमा अझै टुङ्गो लगाउन नसकेको निगमका एक उच्च अधिकारीले जानकारी दिएका छन । ‘गत हप्ता पनि सो जहाज बिक्री गर्ने वा संचालन गर्ने भन्ने विषयमा छलफल भएको थियो तर विना निष्कर्ष टुङ्गियो,’ ती अधिकारीले भने ।

गत हप्ता भएको छलफलमा टुङ्गो नलागे पछि अर्को छलफल यही हप्ता बस्ने भनिएको थियो । तर अहिले सम्म कुनै जानकारी नभएको र सायद यो हप्ता पनि छलफल नहुने उनले बिजखबरलाई जानकारी दिए ।

निगमका सहप्रवक्ता नवराज कोईरालाले भने उक्त जहाज बिक्री गर्ने या संचालन गर्ने भन्ने विषयमा प्रपोजल तयार भएको र केही समयमै टुङ्गो लाग्ने जानकारी दिएका छन ।

जहाजमा बारम्बार समस्या आइरहने र मर्मतमा भएको अधिक खर्च धान्नै नसक्ने निष्कर्ष निकाल्दै निगमले जहाज बिक्री गर्ने निर्णय गरिएको थियो । अन्तरराष्ट्रिय उडानको १ सय ९० सिट क्षमताको बोइङ ७५७ हाल ग्राउण्डेड अवस्थामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL