Logo

भ्रमण बर्ष २०२० सफल बनाउन युरोपमा भ्रमण वर्ष २०१९ सुरु, पहिलो विश्व पर्यटन रेजिलेन्स मे मा हुँदै

भ्रमण बर्ष २०२० सफल बनाउन युरोपमा भ्रमण वर्ष २०१९ सुरु, पहिलो विश्व पर्यटन रेजिलेन्स मे मा हुँदै



काठमाडौं । नेपाल भ्रमण बर्ष २०१९ युरोपबाट सुरु भएको छ । नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशी तथा जर्मनको लागि नेपाली राजदूत रमेश प्रसाद खनालले संयुक्त उद्घाटन गरी सुरु गरिएको हो ।

laxmi

राजदूत खनालले नेपाल भ्रमण बर्ष २०२० को उद्देश्य अनुरूप सफलता हासिल गर्न सम्बन्धित सबैलाई आग्रह समेत गरेका छन ।

उनले नेपाली राजदूतावासमा एक उच्चस्तरीय समिति गठन गरिने र सो मार्फत जर्मनी लगायत युरोपका अन्य देशहरूमा समेत नेपाली पर्यटन प्रबद्र्धनात्मक कार्यक्रमहरू आयोजना गरिने जानकारी दिएका छन ।

पर्यटक भित्र्याउन आवश्यक पूर्वाधारहरूको विकास द्रुत गतिमा भैरहेको जानकारी दिँदै बोर्डका कार्यकारी अधिकृत जोशीले भने, ‘नेपाल अनुभव पर्यटनका लागि सही गन्तब्य भएको र २०२० को अभियानका लागि सम्पूर्ण पर्यटन क्षेत्र एकजुट भएर अघि बढेको छ ।’

जमैकाका पर्यटन मन्त्रीले भने जीवनमा कम्तिमा एक पटक भ्रमण गर्नै पर्ने देश नेपाल रहेको नेपाल र नेपाली जनतामा रहेको दृढ इच्छाशक्तिको प्रशंसा गरेका छन । साथै उनले आगामी मे २०१९ मा नेपालमा हुने पहिलो विश्व पर्यटन रेजिलेन्स समिटबारे समेत जानकारी दिएका छन ।

संयुक्त राष्ट्रसंघ विश्व पर्यटन संगठनका पूर्व महासचिवले कार्यक्रमलाई सम्बेधन गर्नु हुँदै नेपालको पर्यटन व्यवसायको भविष्य उज्वल रहेको र जीवनमा एक अलौकिक आनन्द प्राप्त गर्ने हो भने कम्तिमा एक पटक नेपालको भ्रमण गर्नका निमित्त उपस्थित सबैमा आव्हान गर्नुभएको थियो ।

सोही कार्यक्रममा हिमालयण ट्रायल्स नामक पुस्तकका जर्मन लेखक पिटर हेन्ज तथा २५ बर्ष सम्म निरन्तर आईटिबी मेलामा पर्यटन बोर्डलाई सहयोग गर्दै आईरहेका जर्मनी स्थित पर्यटन प्रतिनिधि दिल गुरूङलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL