Logo

लुम्बिनीमा अन्तरराष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट बिहीबार हुँदै, बुद्धिष्ट सर्किटको प्रवर्द्धन

लुम्बिनीमा अन्तरराष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट बिहीबार हुँदै, बुद्धिष्ट सर्किटको प्रवर्द्धन


रासस
27
Shares

काठमाडौं । लुम्बिनीमा अन्तरराष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट बिहीबार देखी सुरु हुने भएको छ । कपिलवस्तुको तिलौराकोट, कुदान, सगरहवा र निग्लीहवा तथा नवलपरासीको रामग्राम क्षेत्रलाई अन्तरराष्ट्रिय पर्यटन व्यापारको मुख्य प्याकेजमा राख्न सहयोग पुर्याउने उद्देश्यले ट्राभल मार्ट गर्न लागिएको हो ।

उक्त कार्यक्रमबाट आन्तरिक र बाह्य बुद्ध सर्किटको प्रवर्द्धन तथा व्यापारमा टेवा पुग्नेछ । रुपन्देहीको लुम्बिनी र देवदह, कपिलवस्तुको तिलौराकोट, कुदान, सगरहवा र निग्लीहवा, नवलपरासीको रामग्रामसहितको आन्तरिक बुद्धिष्ट सर्किट तथा भारतको बोधगया, राजगीर, सारनाथ र कुशीनगर जोडेर बाह्य सर्किट बनाई संसारभर बुद्धिष्ट सर्किटको एकैखाले प्याकेज तयार गर्ने तयारी भइरहेको नेपाल ट्राभल्स एण्ड टुर्स एशोसिएसन (नाट्टा)का अध्यक्ष सिएन पाण्डेले बताएका छन ।

‘नेपाल, भारत, श्रीलङ्का, थाइल्याण्ड, म्यानमार, भियतनाम र चीनका महत्वपूर्ण साइट जोडेर सिल्क रुटका रुपमा बुद्धिष्ट सर्किटलाई प्रवर्द्धन गरिनेछ,’ उनले भने । कार्यक्रम संयोजक विष्णुप्रसाद शर्माका अनुसार विश्वभरबाट आउने टुर अपरेटरलाई लुम्बिनी, देवदह, तिलौराकोट, कुदान, सगरहवा, निग्लीहवा र रामग्रामसहितको बुद्ध सर्किटको भ्रमण गराइनेछ ।

बिहिबार लुम्बिनीमा आयोजित कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

‘लुम्बिनीलाई चिनाउन कार्यक्रम फलदायी हुनेछ,’ नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भने । नाट्टाका वरिष्ठ उपाध्यक्ष एवं बुद्धिष्ट इण्टरनेशनल ट्राभल मार्ट मूल आयोजक समितिका सदस्यसचिव अच्युत शर्मा गुरागाईंले मार्टबाट पर्यटन बजारमा लुम्बिनीको महत्व अझै बढाउने जानकारी दिएका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL