Logo

आन्तरिक उडानमा पनि निगमको अनलाइन टिकेटिङ, अब घरबाटै गर्नुहोस बुकिङ

आन्तरिक उडानमा पनि निगमको अनलाइन टिकेटिङ, अब घरबाटै गर्नुहोस बुकिङ



काठमाडौ । नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा अनलाइन टिकट बुकिङ सुरु गरेको छ ।

अन्तरराष्ट्रिय उडानको अनलाइन टिकट बुकिङ गर्दै आएको निगमले आन्तरिक उडानका लागि समेत अनलाइन टिकट बुकिङ सेवा आईतबारबाट सुरु गरेको छ ।

आईतबार निगममा आयोजित एक कार्यक्रममा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले अनलाइन टिकट बुकिङको सेवा सुरु गरेको जानकारी दिएका छन ।

यस अघि २०७४ श्रावण देखी अन्तरराष्ट्रिय उडानको अनलाइन टिकट बुकिङ गर्दै आएको निगमले आईतबार देखी भने आन्तरिक उडानको समेत अनलाइन टिकट बुकिङ सुरु गरेको हो ।

निगमको आन्तरिक उडानमा पनि अनलाईन टिकट बुकिङ हुने भए पछि यात्रुहरुले अव घरैमा बसी टिकट खरिद गरी उडानको सेवा लिन सक्नेछन् । कार्यकारी अध्यक्ष खरेलले आफ्ना ग्राहकहरुलाई थप सुविधा दिने भन्दै आन्तरिक उडानमा पनि अनलाइन टिकट बुकिङ सुरु गरेको बताएका छन ।

साधारण सेवा तथा सम्पत्ति व्यवस्थापन विभागका निर्देशक अमृतमान श्रेष्ठले नयाँ प्रविधि प्रयोग गर्नेमा निगमले सक्रियता अपनाउँदै आएको सन्दर्भमा अनलाइन टिकट बुकिङ थप सेवा रहेको जानकारी दिएका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL