Logo

पैसा नतिर्दा ५ दिन देखि सौर्य एयरको ग्राउण्डेड जहाज शुक्रबारबाट उडने, बुझाउला साढे २ करोड बक्यौता ?

पैसा नतिर्दा ५ दिन देखि सौर्य एयरको ग्राउण्डेड जहाज शुक्रबारबाट उडने, बुझाउला साढे २ करोड बक्यौता ?



काठमाडौं । ५ दिन देखि ग्राउण्डेड सौर्य एयरको जहाजले शुक्रबार देखि उडान भर्ने भएको छ ।

जहाज मर्मत गर्नु पर्ने तथा नयाँ लगानीकर्ता घनश्याम अधिकारी समूहलाई सेयर हस्तान्तरणको प्रक्रियाले गर्दा जहाज उडान रोकिएको एयरलाईन्सका चिफसेल्स एन्ड मार्केटिङका मुकेश खनालले जानकारी दिएका छन ।

विमानस्थललाई दिनु पर्ने रकम आउँदो शुक्रबार सम्ममा चुक्ता गरी शुक्रबारबाटै विमान संचालनमा ल्याउने समेत उनले जानकारी दिएका छन ।

तर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले बक्यौता रकम नबुझाएको भन्दै गत बिहीबारबाट सौर्य एयरलाईन्सको जहाज ग्राउण्डेड गरेको छ । बक्यौता रकमको २ करोड ३७ लाख रुपैयाँ बुझाउन नसक्दा ५ दिन देखी जहाजलाई ग्राउण्डेड गरेको विमानस्थलले जानकारी दिएको छ ।

विमानस्थका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार उक्त एयरलाईन्सलाई विमानस्थल प्रयोग गरेबापतको रकम समयमै बुझाउन बारमबार ताकेता गर्दा पनि सम्पर्कमा नआए पछि जहाज ग्राउण्डेड गरेको बताएका छन ।

विमानस्थलले भने कम्पनी अहिले आफुहरुको सम्पर्कमा नआएको र जबसम्म एयरलाईन्सले बक्यौता रकम बुझाउँदैन तब सम्म जहाज उडाउन नदिने जानकारी दिएको छ ।

विमानस्थलका अनुसार एयरलाईन्सले सोमबार सम्ममा केही रकम बुझाउने भनिए पनि एयरलाईन्सले भने शुक्रबार मात्रै रकम बुझाउने जानकारी दिएको छ ।

मुकेश खनालको समूहले घनश्याम अधिकारीको समूहलाई ६७ करोड रुपैयाँमा एयरलाईन्स बिक्री गरेको दावी गरेको थियो । तर एयरलाईन्सको वेवसाइडमा भने पुरानै लगानीकर्ताको नाम रहेको छ । एयरलाईन्सले बक्यौता रकम मात्रै साढे २ करोड रुपैयाँ बुझाउन बाँकी रहेको छ । बिलम्ब शुल्क भने यसमा नजोडिएको विमानस्थलले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL