Logo

अन्तरराष्ट्रिय उडानमा बीमा रकम बढाउने सरकारको तयारी, इयूकै कारण अन्तरराष्ट्रिय उडानमा ढिलाई

अन्तरराष्ट्रिय उडानमा बीमा रकम बढाउने सरकारको तयारी, इयूकै कारण अन्तरराष्ट्रिय उडानमा ढिलाई



काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तरराष्ट्रिय उडानमा बीमा रकम बढाउने भएको छ ।

नेपाली अन्तरराष्ट्रिय हवाई यात्रुले यस अघि बीमावापत २० हजार डलर पाउँदै आएका थिए । अबमा दिनमा हवाई यात्रुको मृत्यु भएका वा शारीरिक चोटपपटक लागेको १ लाख १३ हजार डलर पाउने गरि काम भईरहेको लामिछानेले जानकारी दिएका हुन ।

अन्तरराष्ट्रिय उडान सँगसंगै आन्तरिक उडानको बीमा रकम पनि बढाउने गरि तयारी थालेको नागरिक उड्डयन प्राधिकरणका बुद्धिसागर लामिछानेले जानकारी दिएका छन । उनले विश्व अन्तराष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा बोल्दै सो कुरा बताएका हुन ।

नेपालबाट हुने हवाई उडानमा बीमा बढाउन संघीय संसदबाट अनुमोदन भईसकेको र आन्तरिक उडानमा समेत बीमा रकम बढाउने गरी काम भईरहेको उनले जानकारी दिएका हुन ।

त्यसतै नेपाल वायुसेवा निगमका प्रवक्ता अशोक सिग्देलले भने निगमले आर्थिक वर्ष २०७५÷७६ को सुरुको ४ महिनामा अघिल्लो वर्षको तुलनामा सिट क्षमतामा ७३ प्रतिशत, प्यासेन्जर ६० प्रतिशतले वृद्धि गरेको जानकारी दिएका छन । सरकारको भिजन २०२० लाई सफल बनाउन निगमले महत्वपूर्ण मुमिका खेल्दै पर्यटन क्षेत्रमा रोजगारी बढाएको समेत उनले जानकारी दिएका छन ।

उनले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै निगममा हवाइ इन्धन मूल्य बृद्धि, इयूको कालो सुचीले गर्दा अन्तरराष्ट्रिय उडान गर्न ढिलाई भएको समेत चुनौतिको रुपमा रहेको जानकारी दिएका छन ।

काठमाडौंमा भएको सो अन्तरक्रृया कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजिव गौतमले प्राधिकरणले गरेको प्रगतिबारे आफ्नो धारणा राखेका छन । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै उनले नेपालको पछिल्लो समयमा भएका गतिविधिबारे जानकारी दिएका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL