Logo

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न होमस्टेलाई पुँजीगत अनुदान, मन्त्रालयमा कागजात पेश गर्न आग्रह

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न होमस्टेलाई पुँजीगत अनुदान, मन्त्रालयमा कागजात पेश गर्न आग्रह



काठमाडौं । गण्डकी प्रदेश सरकारले ग्रामीण पर्यटन प्रवद्र्धनका लागि होमस्टेहरुलाई पुँजीगत अनुदान दिने भएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले उक्त प्रदेशका ग्रामिण पर्यटन प्रवद्र्धन गरी समृद्धिमा टेवा पुर्याउनका लागि विभिन्न होमस्टेहरुलाई पुर्वाधार ब्यवस्थापन गर्नका लागि पुँजीगत अनुदान दिन लागेको हो ।

मन्त्रालयले ‘होमस्टेमा पर्यटन विकास तथा पुर्वाधार ब्यवस्थापन गर्न पुँजीगत अनुदान दिने सम्बन्धि कार्यविधि, २०७५’ ल्याएको थियो । सोही कार्यविधी अनुसार प्रदेश सरकारले विभिन्न होमस्टेहरुलाई पुर्वाधार स्तरोन्नतीका लागि सो अनुदान दिने भएको छ ।

उक्त कार्यविधी अनुसार हाल संचालनमा रहेका विभिन्न होमस्टेहरुलाई पुर्वाधारमा आवश्यक समस्या पहिचान गरी विभिन्न कागजातहरु तयार गरीे मन्त्रालयमा बुझाउन प्रदेश सरकारले निर्देशन दिएको छ । मन्त्रालयका अनुसार उक्त कागजातहरु बुझाउँदा होमस्टेको पुर्वाधारका समस्याको पहिचान गरी के कस्तो लागत लाग्ने हो सोको पनि सर्भे गरेर लगानी स्टिमेट सहितको सिफारिससहित कागजपत्र पेश गर्नुपर्ने जानकारी दिएको छ ।

उक्त कागजातहरु पेश गर्नका लागि गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आजको दिनदेखि ३० दिनसम्मको म्याद राखेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL