Logo

यति एयरले भित्र्यायो एटिआर ७२ जहाज, भद्रपुर र पोखरामा उडान भर्ने

यति एयरले भित्र्यायो एटिआर ७२ जहाज, भद्रपुर र पोखरामा उडान भर्ने



काठमाडौं । यति एयरलाईन्सले एटिआर ७२ विमान भित्र्याएको छ । दशैं र पर्यटकको सिजनलाई मध्यनजर गर्दै विमान भित्र्याएको एयरलाईन्सले जानकारी दिएको छ ।

आन्तरिक उडान गर्दै आएको एयरलाइन्सले मंगलबार एटिआर ७२ विमान भित्र्याएको हो ।
फ्रान्सको टुलुस शहर देखी मस्कट हुँदै यतिको एटिआर ७२–५०० विमान मंगलबार काठमाडौं आईपुगेको एयरलाईन्सले जानकारी दिएको छ ।

कलसाइन ९एन.एएलएन भएको विमानबाट भद्रपुर र पोखरामा उडान भर्ने एयरलाईन्सको योजना रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL