Logo

सौर्य एयरको विमानमा ठोकियो चरा, मर्मतका लागि विराटनगर एयरर्पोटमा ग्राउण्डेड

सौर्य एयरको विमानमा ठोकियो चरा, मर्मतका लागि विराटनगर एयरर्पोटमा ग्राउण्डेड



काठमाडौं । सौर्य एयरको विमान दुर्घटनाबाट जोगिएको छ । काठमाडौंबाट विराटनगरका लागि उडेको सौर्य एयरको सीआरजे २०० नामक जहाजमा आज विहान चरा ठोकिएको छ । जहाजमा चरा ठोकिए पछि जहाजलाई मर्मत गर्न भन्दै विराटनगर एयरर्पोटमा ग्राउण्डेड गरेको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बिहान नौ बजे उक्त जहाज विराटनगरका लागि उडेको सौर्य एयरको काठमाडौ विमानस्थलका प्रबन्धक विनोध मिश्रले जानकारी दिएका छन । उनका अनुसार जहाजको पंखामा चरा ठोकिए पछि इन्जिनको प्लेट समेत बागिंएको छ ।

जहाज उड्ने बित्तिकै चरा ठोकिएको भएपनि चालकदलले भने बीचबाटोमा जहाज थर्थराउन थाले पछि थाहा पाएको र आपतकालिन अवतरणको लागि विराटनगर एयरर्पोटमा जानकारी दिएको थियो ।

४ जना चालक दल सहित ४८ जना यात्रु रहेको सो विमानको अहिले विराटनगर एयरर्पोटमा मर्मत भईरहेको समेत मिश्रले जानकारी दिएका छन । जहाज क्याप्टेन अभिसेक राईले उडाएका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL