Logo

निजगढ विमानस्थलका लागि साढे ७ लाख रुख काट्ने तयारी, १ महिना भित्र डीपीआर गर्ने कम्पनी छनौट

निजगढ विमानस्थलका लागि साढे ७ लाख रुख काट्ने तयारी, १ महिना भित्र डीपीआर गर्ने कम्पनी छनौट



काठमाडौं । दोस्रो निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणको लागि सरकारले पहिलो चरणमा साढे ७ लाख रुख कटान गर्ने तयारी गरेको छ ।

सो विमानस्थल वरपरको २५ सय हेक्टरको रुख काटिने जानकारी दिँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले एउटा रुख बराबर २५ वटा रुख रोप्ने र त्यसको लागि लाग्ने रकमको ब्यवस्थापन गरेर बन मन्त्रालयलाई दिने बताए । बनले कन्ट्रयाकटरलाई रुख रोप्न दिने भएकाले कन्ट्याकटरले ५ वर्षमा हुर्केको रुख सबैलाई देखाउने बताए ।

आवश्यक मात्रामा रुख कटान गर्ने र आवश्यक भन्दा बढी रुख नकाट्ने समेत मन्त्री अधिकारीले जानकारी दिएका छन । मन्त्री अधिकारीका अनुसार पहिलो चरणमा साना ठूला गरेर करिब साढे ७ लाख रुख कटान गर्नेछ । यी सबै काम सकेर काम सुरु गरेको ५ वर्ष भित्रमा विमानस्थल पूर्ण तयार भई संचालनमा आउनेछ ।

‘हामी सँग एउटामात्र गेटवे छ निजगढ विमानस्थललाई ट्रान्जिट हबको रुपमा बिकास गर्न सक्छौं,’ मन्त्री अधिकारीले भने । साथै निजगढ विमानस्थललाई ट्रान्जिट हब बनाउनका लागि पनि सो विमानस्थल निर्माणका लागि साढे ७ लाख रुख कटान गर्ने तयारी गरेको मन्त्री अधिकारीले बताएका छन । पोखरा, लुम्बिनी, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल ट्रान्जिट हब बन्न नसक्ने भएकाले पनि निजगढलाई ट्रान्जीट हब बनाउनु पर्ने उनको भनाई थियो ।

कुल ८ हजार हेक्टरको वातवरणीय प्रभाव मूल्याङकन (ईआईए) भए पनि विमानस्थलको लागि भने २५ सय हेक्टरको लागि मात्र प्रस्ताब पठाएको मन्त्री अधिकारीले जानकारी दिएका छन । फास्ट ट्रयाक र निजगढ विमानस्थल देशको मुहार फेर्ने आयोजना भएको बताउँदै त्यसबाट मुलुकको अर्थतन्त्रमा कायापलट हुने उनको दावी थियो । विमानस्थल पीपीपी मोडालिटीमा बनाउने विषयमा टुङगो लागिसकेको समेत मन्त्री अधिकारीले जानकारी दिएका छन ।

उनका अनुसार डिपिआरको कामलाई पनि तत्काल अघि बढाइने भएको छ । सम्भवता एक महिना भित्र डिपिआर गर्ने कम्पनी छनौट गर्ने समेत उनले बताए ।

पहिलो चरणमा बन्न लागेको विमानस्थलको ढाँचा

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र निर्माणाधिन भैरहवा तथा पोखरा विमानस्थलहरुमा लिमिटेशन भएकाले बारामा बन्ने आईका क्याटागोरी ४ एफ फूल फ्लेड्जमा निर्माण गर्ने र ट्रान्जीट हबको रुपमा संचालन गर्ने सरकारको लक्ष रहेको छ ।

इआईए प्रतिवेदन अनुसार विमानस्थलको पूरा एरिया ८ हजार ४५ दशमलब ७९ हेक्टर रहेकोमा ५ लाख ८५ हजार ९ सय ९९ रुख त्यस क्षेत्रमा रहेको छ । सो क्षेत्रमा पोल साईजको रुख भने १८ लाख ६४ हजार ८ सय १ वटा रहेको छ भने१ हजार ४ सय ९४ विस्तापित हुनेछन् ।

विमानस्थल आयोजना क्षेत्रको इआईए वन तथा वातावरण मन्त्रालयबाट वि.स २०७५ जेठ ९ मा स्वीकृत भएको थियो । वातावरणबाट स्वीकृत भएसँगै मन्त्रीपरिषदबाट समेत इआईए रिर्पोट स्वीकृत हुनुपर्ने छ । त्यस पछि मात्र रुख काट्ने प्रक्रिया अगाडि बढ्ने मन्त्री अधिकारीले जानकारी दिए । उनले हचुवाका भरमा रुख नकाटिने र जति सक्यो कम रुख कटान गर्ने समेत बताए ।

त्यस्तै हाल मुआब्ज वितरण कार्य चालू रहेका र हाल सम्म १ सय १० विगाहामध्ये ५५ विगाहा १२ कठ्ठा जग्गा प्राधिकरणको नाममा नामसारी भईसकेको प्राधिकरणका महानिर्देशक संजीब गौतमले जानकारी दिएका छन ।

पहिलो चरणमा २५ सय ९३ दशमलब ९५ हेक्टरको करिब साढे ७ लाख रुख कटान गर्नु पर्ने छ । जस्मा ३ हजार ६ सय मिटर लम्बाई, ६० मिटर चौडाई भएको धावनमार्ग बन्नेछ । ३ हजार ६ सय मि. लम्बाई र ४५ मिटर चौडाई भएको ट्याक्सीवे निर्माण हुने छ । भने कन्ट्रोल टावरको लागि २ हजार वर्ग मिटरमा छुट्याईएको छ ।

त्यस्तै प्यासेन्जर टर्मिनल ७५ हजार ५ सय वर्ग मिटर, डम १५ सय मि., कार्गो ५ हजार वर्ग मि. उद्दार तथा अग्नि नियन्त्रक १५ सय वर्ग मिटरमा बन्ने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL