Logo

बन्द भएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुन: सुचारु, १४ र १५ गते २४ सै घण्टा खुल्ला

बन्द भएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुन: सुचारु, १४ र १५ गते २४ सै घण्टा खुल्ला



काठमाडौं । २ घण्टा सम्म बन्द भएको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टिआईए) सुचारु भएको छ ।

विहीबार र शुक्रबार काठमाडौंमा हुन लागेको चौथो (बिमस्टेक) शिखर सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा देशैभरिका उडान २ घण्टा बन्द भएको थियो ।

बिमस्टेक सम्मेलनका लागि शान्ति सुरक्षाका नाममा सवारी साधन, शैक्षिक संस्था एवं पैदलयात्रीलाई समेत रोकिएको सरकारले देशैभरिका हवाई यातायातसमेत २ घण्टा सम्म बन्द गरिएको हो ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले विहीबार बिहान ८ बजेदेखि साढे १० बजेसम्म उडान अवतरण रोकिएको र हाल सुचारु भईसकेको जानकारी दिएका छन ।

बिहीबार देखी काठमाडौंमा शुरू हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीको देशहरुको प्रयास बिमस्टेक को चौथो शिखर सम्मेलनमा सहभागी हुन आएका मोदीलाई रक्षा मन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए ।

महाप्रवन्धक क्षेत्रीका अनुसार भदौ १४ र १५ गते त्रिभुवन विमानस्थलमा कुनै पनि उडान प्रभावित नहोस भनेर २४ घण्टा नै खुला राख्ने जानकारी यस अघिनै दिईसकेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL