Logo

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल बिहान ५ बजे खुल्ने, बेलुका ६ बजे पछि २० आन्तरिक उडान

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल बिहान ५ बजे खुल्ने, बेलुका ६ बजे पछि २० आन्तरिक उडान



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल बिहान ५ बजेबाट खुल्ने भएको छ ।

आगामी सेप्टेम्बर १ देखी काठमाडौको आन्तरिक टर्मिनल बिहान ५ बजे खुल्ने र ६ बजे पहिलो उडान भर्ने तयारी गरिएको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका छन ।

क्षेत्रीका अनुसार काठमाडौंको आकासमा हवाई ट्राफिक न्युन गर्न आन्तरिक उडानलाई विहानै उडाउने भएको हो । काठमाडांैको आन्तरिक टर्मिनल बिहान ५ बजे खुले पनि काठमाडौ बाहिरका आन्तरिक टर्मिनल भने ६ बजे मात्र खुल्ने छ ।

बिहान ६ बजे देखि आन्तरिक उडान गर्दा दिउँसो आउने अन्तरराष्ट्रिय विमानहरु होल्ड हुन नपर्ने महाप्रवन्धक क्षेत्रीको भनाई रहेको छ ।

क्षेत्रीका अनुसार आन्तरिक उडानलाई बिहान र दिउँसो कम गर्ने तथा बेलुका ६ बजे पछि कम्तीमा २० वटा उडान भर्ने गरी तालिका बनाइएको समेत उनले जानकारी दिएका छन ।

उनका अनुसार बिहान दिउँसो र बेलुकी आन्तरिक उडान गर्दा हवाई ट्राफिक कम्तीमा पनि ५० प्रतिशत कम हुने भएको छ । त्यस्तै हवाई ट्राफिक कम गर्न विमानस्थल २१ घण्टा संचालनले पनि सहयोग पुगेको क्षेत्रीले बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL