Logo

विमान विकास शुल्क बापत २ अर्ब ६४ करोड उठाउँदै प्राधिकरण, प्राथमिकतामा आन्तरिक विमानस्थल संचालन

विमान विकास शुल्क बापत २ अर्ब ६४ करोड उठाउँदै प्राधिकरण, प्राथमिकतामा आन्तरिक विमानस्थल संचालन



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले विमानस्थल विकास शुल्क बापत २ अर्ब ६४ करोड ५० लाख रुपैयाँ उठाउने भएको छ ।

प्राधिकरणले आव २०७५÷७६ को बजेट सार्वजनिक गर्दै विमानस्थल विकास शुल्क बापत उक्त रकम उठाउने भएको हो ।

प्राधिकरणले गत वर्षको तुलनामा चालु आवमा झण्डै डेढ गुणा बढी रकम विनियोजन गरेको छ । प्राधिकरणले जग्गा मुआब्जमा धेरै खर्च हुने भएकाले पनि यस बर्ष बजेटको आकार बढाएको बताएको छ ।

प्राधिकरणले आर्थिक वर्ष २०७५÷७६ को लागि ४५ अर्ब १७ करोड ५६ लाख ९५ हजार ५ सय ५३ रुपैंयाँ बजेट विनियोजन गरेको छ ।

प्राधिकरणले चालु आवमा आन्तरिक विमानस्थलहरुको विस्तार तथा स्तरोन्नति, निर्माण गरि कार्वान्वयनमा ल्याउने तथा राष्ट्रिय गौरबको आयोजनालाई विशेष प्राथमिकतामा राखेर काम गर्ने भएको छ ।

त्यस्तै निजगढ विमानस्थल निर्माणको लागि बस्ती स्थानान्तरण, ४ किल्ला वरिपरि सडक निर्माण लगायतका पूर्व तयारी लगायतका कार्य आगामी २ वर्ष भित्र सम्पन्न गर्ने क्यानले जानकारी दिएको छ ।

आन्तरिक विमानस्थलहरुमा भने ठूला जहाजहरुलाई उडान तथा अवतरण गर्न भू उपग्रहमा आधारित यन्त्रिक उडान प्रणाली लागु गर्ने भएको छ ।

प्राधिकरणले वार्षिक बजेट सार्वजनिक गर्दै चालु आवमा उडान सुरक्षा निति, एयर नेभिगेसन सर्भिसेज,एरोड्रम अपरेशन, विमानस्थल तथा ब्यवस्थापन निति लिएको छ ।

२०७५÷७६ मा प्राधिकरणले १३ प्रतिशत आम्दानी, ऋण सेयर अनुदान मार्फत ४६ प्रतिशत, विमानस्थल विकास शुल्क ६ प्रतिशत, बैंक मौज्दात ३३, आसामी तथा अन्यमा २ प्रतिशत गरी आम्दानी गर्ने लक्ष राखेको छ ।

त्यस्तै प्रस्तावित कुल पुँजीगत खर्चमा ७६, कुल चालु खर्च ९, सावाँ ब्याज भुक्तानी ३, लाभांस तथा बोनस ४, कोस तथा अन्य ब्यवस्थाको लागि ३ र भ्याट ५ प्रतिशत प्रस्ताव गरिएको छ ।

२०७४÷७५ को आय ब्ययमा आम्दानी तर्फ आम्दानी ५ अर्ब ९६ करोड ९३ लाख रुपैयाँ, विमानस्थल विकास शुल्क २ अर्ब ६४ करोड ५० लाख रुपैयाँ, ऋण सेयर अनुदान २० अर्ब ८५ करोड रुपैयाँ, नेपाल सरकारबाट प्राप्त हुनु पर्ने ६८ करोड ४० लाख रुपैयाँ तथा नेपाल वायु सेवा निगमको आसामी मार्फत ७ करोड २८ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै खर्चमा पुँजीगत खर्च ३४ अर्ब २५ करोड ४ लाख रुपैयाँ, कार्य संचालन खर्च ३ अर्ब ८६ करोड ६५ लाख रुपैयाँ, सावाँ ब्याज भुक्तानी १ अर्ब २३ करोड ४२ लाख रुपैयाँ, लाभांस ८९ करोड ५५ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै मुअ कर २ अर्ब ४७ करोड ३६ लाख रुपैयाँ, कर्मचारी बोनस ८९ करोड ९२ लाख रुपैयाँ, बायुयान संचालन नन्अपरेटिभ खाता ५७ करोड २५ लाख रुपैयाँ, स्थिर सम्पत्ती प्रतिस्थापना कोष ७६ करोड ६७ लाख रुपैयाँ र आयकर ब्यवस्था २१ करोड ७१ लाख रुपैयाँ रहेको छ ।

जस मध्ये खुद बचत ३३ करोड ७० लाख रुपैयाँ रहेको प्राधिकरणले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL