Logo

गौतमबुद्ध विमानस्थलको काम तिव्र, एक बर्षभित्र सञ्चालनमा

गौतमबुद्ध विमानस्थलको काम तिव्र, एक बर्षभित्र सञ्चालनमा


रासस
27
Shares

काठमाडौं । आगामी १ वर्ष्भित्र गौतमबुद्ध विमानस्थललाई सञ्चालनमा ल्याउने गरी सरकारले निर्माणलाई तीव्रता दिएको छ ।

वर्तमान सरकार गठन भएको पछिल्लो ४ महिनामा विगतमा भन्दा दोब्बर बढी कार्यप्रगति भएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना, निर्माण व्यवसायी तथा सम्बद्ध पक्षलाई थप सशक्त तवरले परिचालन गरिरहेको छ ।

हाल सो विमानस्थलको करीब ५० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको छ । हाल विमानस्थलको धावन मार्गलगायत काम भइरहेको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ माथि मन्त्रालयसँग जोडिएका विषयमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री रवीन्द्रप्रसाद अधिकारीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो विमानःथल निर्माणमा उल्लेख्य प्रगति भएको र प्रगति आशातीत रुपमा अगाडि बढेकाले समयमा नै सकिँदैन कि भनेर कुनै आशंका नगर्न आग्रह गरेका छन ।
यःतै कास्कीको पोखरामा निर्माण भइरहेको पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थलाई सन् २०१९ भित्र धावन मार्गको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सन् २०२१ भित्र सो विमानस्थल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने योजनाका साथ सरकार लागिपरेको उनको भनाई छ ।
पोखरामा निर्माण भइरहेको विमानस्थलमा १ सय ८० सिट क्षमताभन्दा बढीको जहाज उडान तथा अवतरण गर्न नसकिने भन्ने भनाइमा सत्यता छैन भन्दै उनले सो विमानस्थलाई ‘बुटिक एयरपोर्ट’ का रुपमा सञ्चालन गरिने जानकारी दिए । हाल सो विमानस्थलको १५ प्रतिशत भौतिक प्रगति भएको छ ।

निजगढ विमानस्थलमा मुआब्जा वितरणलगायत काम अगाडि बढिरहेको र वन क्षेत्रको कटानका लागि तीन चरणमा काम गर्ने गरी प्रक्रिया अगाडि बढाइएको छ । मुलुकको भविष्यसँग जोडिएको र विश्वका राम्रा परियोजनामध्ये एक रहेको सो विमानस्थललाई केही समयभित्रै निर्माण शुरु गरिने जानकारी बताए । निजगढ विमानस्थलको निर्माण ढाँचा आगामी ६ महिनाभित्र तय हुने मन्त्री अधिकारीको भनाइ थियो ।

वाइड बडी राति चल्ने

मन्त्री अधिकारीले नेपाल वायुसेवा निगमले केही दिन पहिले ल्याएको वाइड बडी जहाज पनि राति १२.०० पछि सञ्चालनमा ल्याइने बताए । यस्तै कार्गो विमानलाई पनि सोही समयपछि मात्रै अवतरण गर्न दिने गरी कार्यतालिका बनाइएको र विमानस्थलाई थप व्यवस्थित बनाइएको जानकारी उनले दिए । मन्त्री अधिकारीले आगामी केही समयभित्रै अर्को वाइड बडी जहाज आइपुग्ने र थप जहाज खरिदको प्रक्रिया शुरु भएको भन्दै नेपालको हवाई क्षेत्र थप गतिमा गएको जानकारी दिए ।
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थललाई राति समेत चलाउँदा आवश्यर्क जनशक्तिको व्यवस्था, अध्यागमन तथा अन्य सुरक्षाको व्यवःथा मिलाइएको पनि उनले बताए । यस्तै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल सुधारका लागि आवश्यक प्रक्रिया शुरु भएको र विगतको गलत अनुभवबाट पाठ सिकेर सरकारले तयारी गरेको हो ।

यःतै नेपाल र भारतबीच थप हवाई मार्ग प्रयोग गर्न पाउने गरी सहमति भएको तथा नेपालगञ्ज, जनकपुर, भीमदत्तनगर, सिमरा, विराटनगरलगायत मार्ग प्रयोग गर्न सकिने वातावरण बनेको उनले स्पष्ट पारे ।

त्यसैगरी सरकारले धनगढी, नेपालगञ्ज, विराटनगर, भद्रपुर र जनकपुर विमानःथललाई थप व्यवस्थित र साधनस्रोत सम्पन्न बनाएर अन्तर्रा्ष्ट्रिय एवं क्षेत्रीय उडान गरिने बताए । आइकाओले नेपालको हवाई क्षेत्रमाथि लगाउँदै आएको खतराको सूचीबाट हटाइसकेको र यूरोपेली संघले पनि छिट्टै हटाउने जानकारी दिएका छन ।

पर्यटन क्षेत्रबाट मुलुकको कूल ग्रार्हस्थ उत्पादनमा विशेष ध्यान दिने लक्ष्य राखी सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको र नेपाल भ्रमण वर्ष विशेष कार्यक्रम मनाउन लागिएको उनको भनाई थियो । पर्यटक बढाउनका लागि भौतिक पूर्वाधारको विकासका लागि सरकार र निजी क्षेत्रको सहकार्यमा कार्यक्रम अगाडि बढाइने, हरेक प्रदेशमा १०÷१० पर्यटकीय क्षेत्र घोषणा गरिने । विगतदेखि नै सञ्चालनमा रहेका पर्यटकीय क्षेत्रलाई थप व्यवस्थित बनाइने जानकारी दिए ।

पशुपति, लुम्बिनी र जनकपुरलाई थप प्रचारप्रसार गरी धार्मिक पर्यटनमा योगदान दिने र स्वर्गद्वारीलगायत क्षेत्रमा निजी क्षेत्रसँग मिलेर काम अगाडि बढ्ने बताउँदै भूकम्पबाट क्षति भएका पुरातात्विक महत्वका सम्पदा तथा क्षेत्रको पुनःनिर्माणलाई समेत विशेष ध्यान दिइएको उनको भनाई थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL