Logo

आईकाओले दियो नेपाललाई ‘सेफ्टी स्ट्याण्डट सर्टिफिकेट’, हवाई सुरक्षामा सुधार

आईकाओले दियो नेपाललाई ‘सेफ्टी स्ट्याण्डट सर्टिफिकेट’, हवाई सुरक्षामा सुधार



काठमाडौं । नेपालले हवाई सुरक्षामा सुधार गरे बापत अन्तरराष्ट्रिय नागरिक उड्यन संगठन (आईकाओ)ले प्रमाण पत्र प्रदान गरेको छ ।

नेपालले २०१७ मा हवाई सुरक्षाको मापदण्ड पुरा गरेकाले आईकाओले ‘आईकाओ सेफ्टी स्ट्याण्डट सर्टिफिकेट’ प्रदान गरेको हो ।

आईकाओले नेपाललाई झन्डै ४ वर्षपछि गम्भीर सुरक्षा चासोको सूचीबाट गत जुलाईमा हटाएको थियो ।

आईकाओको क्यानाडा महाशाखाले नेपाललाई ‘आईकाओ सेफ्टी स्ट्याण्डट सर्टिफिकेट’ प्रदान गर्नु नेपालको लागि खुसीको कुरा भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपाललाई गम्भीर सुरक्षा चासोबाट हटाइएको प्रमाणपत्र लिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी क्यानाडा पुगेका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL