Logo

तीव्र गतिको इन्टरनेट जडान गर्दै कतार एयरवेज, मध्यपुर्वी र उत्तर अफ्रिकाकै पहिलो

तीव्र गतिको इन्टरनेट जडान गर्दै कतार एयरवेज, मध्यपुर्वी र उत्तर अफ्रिकाकै पहिलो



काठमाडौं । कतार एयरवेजले ‘बोइङ ७७७’ र ‘एयरबस ए ३५०’ मा तीव्र गतिको इन्टरनेट सेवा जडान गर्ने भएको छ ।

कम्पनीेले इन्मार्सट जीएक्स एभिएसन प्रविधिको प्रयोग गरी बोइङ ७७७ र एयरबस ए ३५० अन्तरगतका सबै जहाजमा सुपर वाइफाइ जडान गर्न लागेको हो ।

सो इन्टरनेट जडानपछि कतार एयरवेज मध्यपुर्व र उत्तर अफ्रिकामा जहाजमा सो प्रविधिमा लगानी गरी इन्टरनेट जडान गर्ने पहिलो एयरवेज हुनेछ ।

सो सेवा जडान पश्चात कतार एयरवेजका यात्रुहरुले १ घण्टा फ्री इन्टरनेट प्राप्त गर्न सक्नेछन । तथा यात्रुहरुले १ घण्टाभन्दा बढी समय इन्टरनेट आवश्यक भएमा पैसा तिरेर चाहिने जति इन्टरनेट खरिद गरी चलाउन सक्ने कम्पनीले जानकारी दिएको छ ।

कतार एयरवेजका प्रमुख कार्यकारी अकवर अल वेकरले मध्यपुर्व र उत्तर अफ्रिकाकै पहिलो इन्टनेट सेवा दिने एयरलाइन्स हुन पाएकामा खुसी व्यक्त गरे ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL