Logo

२०२० लाई नेपाल भ्रमण बर्ष मनाईँदै, निजगढ अन्तराष्ट्रिय विमानस्थलले तीव्रता पाउने

२०२० लाई नेपाल भ्रमण बर्ष मनाईँदै, निजगढ अन्तराष्ट्रिय विमानस्थलले तीव्रता पाउने


बिजखबर संवाददाता
0
Shares

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले तीव्रता पाउने भएको छ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले शुक्रबार मन्त्रालयको पदभार सम्हाल्दै देशकै मुख्य प्राथमिकता रहेको निजगढ विमानस्थल भएको र यसको निर्माण कार्य तीव्र रुपमा अघि बढाउने बताएका हुन् ।

पर्यटन मन्त्री अधिकारीले पदभार सम्हाल्दै निजगढ विमान स्थलको प्रकृया अघि बढाउन निर्देशन दिएका हुन् । मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले विभिन्न निर्णय पढेर सुनाउँदै गर्दा मन्त्री अधिकारीले भने मुख्य प्राथमिकता निजगढ रहेको बताएका छन । यो योजना कसैको नभएर राज्यकै प्राथमिकताको आयोजना भएको बताएका छन ।

प्राथमिकतामा २०२० मा १५ लाख पर्यटक भित्रयाउने उद्देश्य सहित मन्त्री अधिकारीले सन् २०२० लाई ‘भिजिट नेपाल इयर’ नेपाल भ्रमण वर्ष मनाउने निर्णय समेत गरेको छ । निर्णयसँग्ै अबको एक महिना भित्र सचिवालय गठन गरी आवश्यक कार्यक्रम तय गरि सक्ने अधिकारीले बताएका छन । साथै चीन र भारत केन्द्रीय पर्यटन प्रवद्र्धनलाई तीब्रता दिने मन्त्री अधिकारीको पहिलो निर्णयमा परेका छन् ।

त्यसो त २०१७ मा १० लाख पर्यटक नेपाल आएका थिए । पदभार ग्रहणपछि मन्त्रालय मातहतका निकायलाई निर्देशन दिदैँ मन्त्री अधिकारीले उच्च मनोवल र उच्च स्वाभिानका साथ परिणाम आउनेगरी काम गर्न निर्देशन दिएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL