Logo

सामाजिक सञ्जालमार्फत पर्यटक लोभ्याउदै पर्यटन बोर्ड, सातै प्रदेशको प्रतिनिधित्व गर्ने भिडियो बनाइदै

सामाजिक सञ्जालमार्फत पर्यटक लोभ्याउदै पर्यटन बोर्ड, सातै प्रदेशको प्रतिनिधित्व गर्ने भिडियो बनाइदै


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल पर्यटन बोर्डले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सूचना प्रविधिको प्रयोगलाई बढावा दिएको छ । यस बर्ष मिडिया क्याम्पेनिङबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यअनुरुप सामाजिक सञ्जालको प्रयोग थालेको हो । सन् २०२० सम्म बार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित बोर्डले नयाँ प्रयोगको थालनी गरेको जानकारी दिएको छ ।

जसअनुसार बोर्डले हालै आफनो आरकाइभमा किर्तीपुरको भिडियोलाई राख्दै युट्युबमा पनि अपलोड गरेको थियो । सो विशुद्ध कथावस्तुमा आधारित भएर बनाइएको एउटा उत्कृष्ट गन्तब्य भिडियो हो । उक्त भिडियो अपलोड गरेको एकै दिनमा १ लाख भन्दा बढिले हेरेको बोर्डले जानकारी दिएको छ ।

त्यस्तै सो भिडियोको लाइक र सेयर पनि राम्रो छ । त्यसैगरी बोर्डले मुस्ताङको भिडीयोलाई पनि अपलोड गरेको छ । यो अर्को उत्कृष्ट गन्तब्य प्रबद्र्धन भिडियो बन्ने र धैरैले यसलाई मनपराउने आशा लिएको छ ।

पर्यटन बोर्डले विभिन्न कलाकारहरुसँग मिलेर आफनो आरकाइभलाई झनै बलियो बनाउने प्रक्रियामा अघि बढेको जानकारी दिएको छ । साथै चाँडै नै सातै प्रदेशको आफ्नै मौलिकता झल्किने प्रकारका पर्यटकीय गन्तब्यका भिडियो तयार गरी यूट्युब तथा फेसबुकजस्ता सामाजिक सञ्जालमा छाउने कार्यक्रमहरु अघि बढाउने जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL