Logo

अमेरिकन फ्रेन्चाइजको क्लासिक रक क्याफे ठमेलमा

अमेरिकन फ्रेन्चाइजको क्लासिक रक क्याफे ठमेलमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मुलुकको पर्यटकीय केन्द्र ठमेलमा अन्तरराष्ट्रियस्तरको क्लासिक रक क्याफे सञ्चालनमा आएको छ । ग्राहकहरूलाई मनोरञ्जनात्मक वातावरणमा फरक स्वाद प्रदान गर्ने उद्देश्यका साथ क्याफे सञ्चालनमा ल्याइएको सञ्चालक पान्देन रोटाले बताए ।

ठमेलको ठहिटी चोकमा सञ्चालित क्याफेमा कफी, विभिन्न कन्टिनेन्टल फूड, कक्टेल, मक्टेल लगायतका स्वादिष्ट खाद्य तथा पेय पदार्थ उपलब्ध हुने सञ्चालक रोटाले जानकारी दिए । क्याफेमा रक म्युजिकको मजासमेत लिन सकिनेछ ।

क्याफे अमेरिकन फ्रेन्चाइज हो । भारत, पाकिस्तान, युएई, कतार, नाइजेरिया गायतका विश्वका झण्डै एक दर्जन मुलुकमा यसका फ्रेन्चाइज सञ्चालनमा छन् । अमेरिकाका मात्रै ५० स्थानमा यसका शाखा सञ्चालनमा रहेको बताइएको छ ।

उनका अनुसार क्याफे विदेशी र स्वदेशी दुवै खालका पर्यटकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको हो । क्याफेको आकर्षणको रुपमा अमेरिकी प्रविधिमा उत्पादित कफी र स्मोकिन जोजपिज्जा रहेको रोटाले बताए ।

आगामी दिनमा राजधानीबाहिरका स्थानमासमेत फ्रेन्चाइज विस्तार गर्दै लाने योजना रहेको क्याफेले जनाएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL