Logo

कतार एयरवेजले गर्यो दोहामा ए ३५०-१००० को स्वागत

कतार एयरवेजले गर्यो दोहामा ए ३५०-१००० को स्वागत


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । कतार एयरवेजले ए ३५०– १००० को कतारमा स्वागत गरेको छ । मंगलबार कतारको दोहामा आयोजित एक कार्यक्रमबीच कतार एयरवेजका प्रमुख कार्यकारी अधिकृत अकबर अल बेकरले परीक्षण उडान भर्न आएको सो विमानको स्वागत गरेका हुन् ।

उक्त एयरक्राफ्टले आफ्नोे उत्कृष्ट विशेषता दर्शाउन मध्य पुर्व तथा एसिया प्यासिफीकको १२ गन्तव्यकोे भ्रमण गरेको हो ।
कतार एयरवेजले विश्वकै पहिलो ‘ए ३५०-१०००’ को ग्लोवल लन्च सदस्य भएको केही महिनामा उक्त एयरक्राफ्ट भित्र्याउन लागेको होे ।

विमानले अन्तरराष्ट्रिय उडान भ्रमणको शुरुवात गर्न दोहाको कोर्नमा एक प्रभावशाली उडान गरेको थियो । यस भ्रमणको अन्त्य समारोहमा कम्पनीका प्रमुख पदाधिकारीहरु विभिन्न देशका राजदुत, कतार एयरवेजका सामान्य कर्मचारी तथा प्रविधि वीभागका कर्मचारिहरुको उपस्थिति रहेको थियो ।

कतार एयरवेजले सुविधासम्पन्न ३७ ओटा नयाँ विमान अर्डर गरेको छ । जो अर्काे महिना टउलुजको विधानशभाको लाइनमा पहिलो विमान हुनेछन । कम्पनीका प्रमुख कार्यकारी अधिकृत अकबर अल बेकरले आउने दिनहरुमा पनि उडानको गुणस्तर बढाउने प्रतिबद्धता व्यक्त गर्दै ए ३५०-१००० लाइ धन्यबाद ज्ञापन गरे ।

साथै एयरबसका अपरेटिङ अफिसर फेब्रिस व्रिगर ले आउने हप्ता कतार एयरवेजको उक्त विमानहरु ल्याउने जानकारी दिए । ए ३५०-१००० एक उत्कृष्ट विमान हो, जसमा कार्यमुलक व्यापारिक कक्ष तथा आर्थिक कक्षहरु रहेका छन ।

विमानले भ्रमणको ३० हजार न्युटिकल माइल पार गरेको छ । कतार एयरवेजले हाल १५० भन्दा बढि गन्तव्यहरुमा उडान भर्दै आएको छ । यसले युरोप, मध्यपुर्व, अफ्रिका, उत्तर अमेरीकामा आफ्नो उडान भर्दै आएको छ ।

यसका साथै सन २०१८ मा आफ्नो नयाँ गन्तव्य पेनाङ, मलेसिया, क्यानवेरा, अस्ट्रेलियामा उडान भर्न लागेको जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL