Logo

दुर्घटनाग्रस्त टर्कीस एयर अब ‘एभिएसन म्युजियम’

दुर्घटनाग्रस्त टर्कीस एयर अब ‘एभिएसन म्युजियम’


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । आईतबारदेखि एभिएशन म्युजिएमको उद्घाटन हुने भएको छ । अन्तरराष्ट्रिय एटीआर विमानका वरिष्ठ प्रशिक्षक तथा विमान चालक क्याप्टेन वेद उप्रेतीले टर्किस एयरलाइन्स डीजेवल एयरक्राफ्टलाई एभिएशन म्युजियमको रुपमा संचालनमा ल्याएका हुन् ।

केही समय अघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ग्राउण्डेड भएको एयर बसलाई नयाँ सिर्जना गर्दै उप्रेतीले म्युजियमको रुपमा संचालनमा ल्याएका हुन् ।

नेपालको आन्तरिक पर्यटनको प्रबद्र्धन तथा एभिएशन सम्बन्धी सिक्ने विद्यार्थीलाई लक्षित गर्दै उक्त म्युजियम संचालनमा ल्याएको उप्रेतीले जानकारी दिए । ‘म्युजियममा एभिएशन सम्बन्धी सम्पूर्ण जानकारी लिन सकिने छ,’ उनले भने, ‘यसले एभिएशन सम्बन्धी जानकारी लिने विद्यार्थी एवं अनुसन्धानकर्तालाई ठूलो सहयोग पुर्याउनेछ ।’

उपे्रतीका अनुसार सो म्युजियम आईतबारदेखि मात्र औपचारिक रुपमा संचालनमा आउने छ । शुरुमा विद्यार्थीका लागि मात्र खुला गरिने समेत उनले जानकारी दिए । उनका अनुसार ९ देखि १२ कक्षाका विद्यार्थीका लागि निःशुल्क प्रबेशको व्यवस्था गरिएको छ भने अन्य सो भन्दा माथिल्लो तहका विद्यार्थीका लागि ५० प्रतिशत छुट अर्थात १ सय २५ रुपैयाँ प्रवेश शुल्क लाग्ने छ । यस्तै अन्य व्यक्तिको लागि भने २ सय ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।

उनले सो म्युजियमलाई ऐतिहासिक बनाउने उद्देश्य अनुरुप स्वदेशी र विदेशी दक्ष विमान प्राविधिकहरु झिकाई १० महिना लगाएर तयार गरेका थिए । यो विश्वकै सवैभन्दा ठूलो विमान भित्रको मिनिएचर विमानहरु भएको विमान संग्रहालय भएको उनको दावी छ ।

उप्रतीले करिब ३ करोड रुपैयाँको लागतमा “बेद उप्रेती ट्रष्ट” नामक सामाजिक संस्था मार्फत उक्त संग्रहालय तयार गरेका हुन् । संग्रहालय भित्र विश्वभरीका हेलिकप्टर एयर ट्राफिक र पाइलटसंगको दोहोरो संवाद, राइट ब्रदर्सले बनाएको पहिलो विमानका मोडेलहरु तथा विशाल फोटो ग्यालरीले भरिएको छ ।

यस अघि उनले धनगढीमा पनि एभिएशन म्युजिएम संचालनमा ल्याएका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL