Logo

यती एयरलाइन्सद्धारा एटीआर विमान थपको घोषणा, बिराटनगर र नेपालगञ्जबाट उडान भर्ने

यती एयरलाइन्सद्धारा एटीआर विमान थपको घोषणा, बिराटनगर र नेपालगञ्जबाट उडान भर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । यती एयरलाइन्सले एमएसएन ८७६ सहितको एटीआर विमान थपेको घोषणा गरेको छ । आफ्नो सेवा थप विस्तारित गर्ने उद्देश्यका साथ सो विमान थप गरेको हो ।

नेपाली दर्ता नम्बर ९एन–एएमएन (म्यानुफ्याक्चरिङ सिरियल नम्बर) रहेको नयाँ विमान एफएए/ईएएसए चाप प्रमाणित नेपाली आन्तरिक उडान क्षेत्रकै सर्वाधिक नयाँ (कान्छो) विमान भएको कम्पनीले जानकारी दिएको छ ।

ट्विन ईञ्जिन सहितको एटीआर ७२–५०० फ्रेञ्च–ईटालियन कंसोर्टियम एटीआरद्वारा निर्मित टर्बोप्रप एयर क्राफ्ट हो । उत्कृष्ट निर्माण र कार्यक्षमता प्रदर्शनीका कारण एटीआर७२–५०० विश्व बजारमै सर्वाधिक सफल क्षेत्रीय विमानका रुपमा स्थापित हुँदै गएको कम्पनीले जानकारी दिएको छ ।

एटीआर ७२–५००लाई ह्यामिल्टन सन्डस्ट्रान्ड कम्पोजिट ब्लेड प्रोपेलर सुसज्जित दूई ओटा प्राट एण्ड ह्विट्ने पीडब्ल्यू१२७ ईञ्जिनले शक्ति प्रदान गर्छ । यी अत्याधुनिक प्रविधि सुसज्जित ईञ्जिन र प्रोपेलरले अद्वितिय कार्यक्षमता प्रदर्शन गर्नुका साथै, ईन्धन मितब्ययी, न्यून ध्वनी र न्यून ग्रिनहाउस ग्यास उत्सर्जन गर्छ । नयाँ एटीआर७२–५०० विमानका लागि नोर्डिक एभिएसन क्यापिटल (एनएसी)द्वारा वित्तिय पट्टा प्रदान गरिएको हो । ४७ देशका ७० एयरलाइन उपभोक्तालाई सेवा प्रदान गरिरहेको एनएसी उद्योगकै अग्रणी क्षेत्रिय पट्टा दाता हो ।

यती एयरलाइन्सले एटीआर७२–५००को सेवा थालनी विराटनगर र नेपालगञ्ज विमानस्थलबाट गर्ने छ । साथै, एनएसीद्वारा नै वित्तिय सहयोग प्रदान गरिएको दोस्रो एटीआर७२–५०० को आगमन संगै कम्पनीले भद्रपुर र भैरहवाबाट समेत एटीआर सेवा सञ्चालनमा ल्याउने जानकारी दिएको छ ।

सन् १९९८बाट सेवा थालनी गरेको यती एयरलाइन्सले आफ्नो सब्सिडायरी तारा एयरको साथमा नेपालमै सर्वाधिक ठूलो सञ्जाल र अधिक विमान मार्फत सेवा प्रदान गरिरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL