Logo

यतिका दुईओटा बसमा बिकासका नारा

यतिका दुईओटा बसमा बिकासका नारा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । यती एयरलाइन्सले नेपालस्थित युनाइटेड नेसन्ससंगको सहकार्यमा सार्वजनिक जागरुकता अभियानको थालनी गरेको छ । अभियान अन्तर्गतका आफ्ना १७ लक्ष्य सहितका दूई नयाँ एयरपोर्ट सटल बस सार्बजनिक गरेको हो ।

विमानस्थलमा टर्मिनल र विमान विचको यात्रा गर्दा ह्याण्डि (सहज) एसडीजी फ्लायर्स र लिफलेट सहितका यी बसहरुले हवाई यात्रुहरुलाई दिर्घकालिन विकास योजना अन्तर्गतका आफ्ना लक्ष्यका बारेमा जानकारी दिने छ । साथै यसको प्राप्तिका लागि तिनले गर्न सक्ने सहयोग तथा कार्यका बारेमा सुसुचित गर्ने आशा गरिएको छ ।

एसडीजी जानकारी सहितका बस सार्वजनिक गर्न त्रिभुबन अन्तरराष्ट्रिय विमानस्थल स्थित आन्तरिक (डोमेस्टिक) टर्मिनलमा बिहीबार कार्यक्रम आयोजना गरिएको थियो । सो अबसरमा यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत उमेश चन्द्र राईले दिर्घकालिन विकास योजनाका लागि थप पहल सहितका घोषणा पनि चाँडै गर्ने जानकारी दिए ।

उनले यो सहकार्यले अन्य नीजि क्षेत्रका कम्पनीले समेत योजना साकार पार्नका लागि पहल गर्न प्रेरणा प्रदान हुने आशा व्यक्त  गरे ।
नेपाललगायत यूएन सदस्य राष्ट्रहरुले एसडीजी सन् २०१५ मा आत्मसात गरेका हुन् । यस अन्तर्गत सन् २०३० सम्ममा समस्त जनता तथा ग्रहका लागि गरिवी निवारण गर्दै समानता सहितको सुखि, सुरक्षित विश्व स्थापना गर्ने साझा लक्ष्य लिइएको छ । एसडीजीको यो लक्ष्य प्राप्तिका लागि नीजि क्षेत्रलाई प्रमुख पार्टनरका रुपमा लिइएको छ । एसडीजीको सफल कार्यन्वयनका लागि नीजि क्षेत्रसंग पर्याप्त श्रोत, प्रविधिको पर्याप्त सम्भावना रहेको कार्यक्रम मार्फत जानकारी दिइएको थियो ।

कार्यक्रममा यूएनडीपीका कन्ट्रि डिरेक्टर रेनाउड मेयरले एसडीजी लक्ष्य प्राप्तिका लागि जागरुकताका लागि नयाँ योजना सहित नयाँ पार्टनर यती एयरलाइन्सका रुपमा पाउँदा निकै हौसिएको जानकारी दिए । ‘सर्वसाधारणलाई एसडीजीका बारेमा जानकारी दिन सहकार्य तथा समन्वयका लागि वातावरण बनाउन यस्ता सहकार्यले उल्लेख्य योगदान दिने हामीले आशा बोकेका छौँ’ उनले भने ।

एसडीजी सम्बन्धित महत्वकांक्षी योजनाको सफलताका लागि सबैको प्रतिबद्धता र सहयोगको आवश्यकता पर्ने बताउँदै यसका लागि सबैबाट आवश्यक सहयोग प्राप्त हुने मेयरले विश्वास व्यक्त  गरे ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL