Logo

कतार एयरवेजको बिजनेश क्लासमा विशेष अफर, एउटा किन्दा अर्को सित्तैमा

कतार एयरवेजको बिजनेश क्लासमा विशेष अफर, एउटा किन्दा अर्को सित्तैमा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । कतार एयरवेजले टुर प्याकेजको लागि विशेष अफर ल्याएको छ । कम्पनीले विजनेस क्लासामा एउटा टिकट किन्दा अर्को टिकट निशुल्न दिने भएको छ ।

सो अफर लागि नोभेम्वर १ देखि ७ तारिखसम्म लागू हुने छ । जसमा परिवारका सदस्य, जोडी, साथिभाईले एउटा सिटको टिकट खरिद गरेमा अर्को टिकट निशुल्क पाउनेछन् । उक्त अफरमा कतार एयरवेजको ग्लोबल नेटवर्कमार्फत १५ नोभेम्वर २०१६ देखि १५ जुन २०१७ सम्म जुनसुकै देशमा पनि भ्रमण गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

विदाको सयममा यो सिजन घुम्नका लागि राम्रो विकल्प भएको कतार एयरवेजका प्रमुख व्यापारिक अधिकृत डा. हुग डुनलिभीले होलिडेले बताए । साथै एक स्थानवाट अर्को स्थानसम्म यात्रा गर्नुमात्र ठूलोकुरा नभएको र विश्वविख्यात कतार एयरवेजको विजनेश क्लासमा यात्रा गर्नु जीवनभरीका लागि सम्झनयोग्य क्षण हुने डुलिभीको भनाइ छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL