Logo

२६४ यात्रु लिएर निगमको जहाज आज अस्ट्रेलिया उड्दै, लकडाउन पछि अन्तरराष्ट्रिय उडान ११ पुग्यो

२६४ यात्रु लिएर निगमको जहाज आज अस्ट्रेलिया उड्दै, लकडाउन पछि अन्तरराष्ट्रिय उडान ११ पुग्यो



काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज बुधबार (आज) साँझ अस्ट्रेलिया उड्ने भएको छ । विश्वभर फैलिएको कोभिड १९ को महामारीकै समयमा पहिलो पटक नेपालबाट निगमको जहाज अस्ट्रेलिया जाने भएको हो ।

laxmi

नेपालस्थित अस्ट्रेलियाली दूतावासले आफ्ना नागरिकलाई स्वदेश फर्काउन नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरेपछि पहिल पटक निगमको जहाज अस्ट्रेलियाको ब्रिस्बेनमा जान लागेको हो । २ सय ६४ जना यात्रु लिएर जान लागेको उक्त जहाज नेपालबाट मलेसिया पुगेर रिफ्युलिङ गरेर मात्रै अस्ट्रेलिया जाने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राज कुमार क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार नेपाल पूर्णरुपमा लकडाउन भएपछि (चैत १० देखि १८ गतेसम्ममा) १० ओटा अन्तरराष्ट्रिय उडान भईसकेको छ । जसमध्ये कतार एयरवेजको ६, निगमको २, ईतिहादको १ र कोरियन एयरले उडान गरिसकेका छन् । आज बेलुका हुने उडानसँगै अन्तरराष्ट्रिय उडान ११ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL