भ्रमण बर्ष स्थगित, सचिवालय बैशाख १ बाट विघटन हुने

आजबाट भ्रमण बर्ष सचिवालय बिघटन, सचिवालयमा रहेका दुईवटा कार कहाँ बुझाउने भन्नेमा अन्यौल

काठमाडौं । सरकारले भ्रमण बर्षको सचिवालय विघटन गरेको छ । विश्वभर फैलिएको कोरोना भाईरसका कारण भ्रमण बर्ष स्थगित गरेको सरकारले बैशाख १ गतेबाट सचिवालय विघटन गर्ने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले जानकारी दिएका छन ।

कोरोनाका कारण २०७६ चैत ९ को निर्णय अनुसार भ्रमण बर्ष स्थगित गरेको साथै सचिवालय भने बैशाख १ गतेदेखि मात्रै विघटन गर्ने निर्णय भएको अधिकारीले जानकारी दिएका हुन । त्यस यता भने सचिवालयमा भएको बिभिन्न सामग्री तथा अन्य कागजातहरु सरकारलाई हस्तान्तरण गर्नु पर्ने भएकाले बैशाख १ गतेदेखि मात्रै विघटन हुने अधिकारीले जानकारी दिएका हुन ।


फेसबूक कमेन्ट गर्नुहोस्

DMCA.com Protection Status