Logo

नेपाल वायुसेवा निगमले गर्यो कतार उडान स्थगित, टिकट काटेका यात्रुलाई यस्तो सुविधा दिने

नेपाल वायुसेवा निगमले गर्यो कतार उडान स्थगित, टिकट काटेका यात्रुलाई यस्तो सुविधा दिने



काठमाडौं । नेपाल वायुसेवा निगमले कतारको दोहामा गर्दै आएको नियमित उडान हाललाई स्थगित गरेको छ । कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यूनिकरण गर्न विभिन्न १४ मुलुकका नागरिकलाई कतारमा प्रवेश गर्न अस्थायी प्रतिवन्ध लगाए पछि निगमले पनि कतारको लागि उडान स्थगित गरेको हो ।

laxmi

१४ देश मध्य एक नेपाल भएकाले नेपालीहरु हाल कतार प्रवेश गर्न नपाउने भएपछि कतारको दोहा विमानस्थलको नियमित उडानलाई अर्को निर्णय नआएसम्मको लागि स्थगित गरेको निगमले जानककारी दिएको छ । यस अघि हिमालय एयरलाईन्सले पनि आफ्नो नियमित उडान स्थगित गरिसकेको जानकारी दिएको छ ।

निगमले यही फागुन २६ गते र सो भन्दा पछिका उडानका टिकट खरिद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराउने भएको छ । साथै टिकट उडानको मिति २ पटक सम्म परिवर्तन गर्न समेत शुल्क नलाग्ने व्यवस्था गरिएको छ । नेपाल वायुसेवा निगमले हालसम्म दोहाका लागि हप्तामा सातै दिन उडान गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL