Logo

भ्रमण बर्ष लक्षित छेच्यु साँस्कृतिक महोत्सव जिरीमा हुँदै, ५ हजार पर्यटकले अवलोकन गर्ने

भ्रमण बर्ष लक्षित छेच्यु साँस्कृतिक महोत्सव जिरीमा हुँदै, ५ हजार पर्यटकले अवलोकन गर्ने



काठमाडौं । दोलखाको पर्यटकिय नगरी जिरी २ स्थित यलुङमा ‘छेच्यु साँस्कृतिक महोत्सव २०७६’ हुने भएको छ । भ्रमण बर्ष २०२० तथा शेर्पाहरुको महाड चाड छेच्युलाई प्रचार प्रसार गर्ने उद्देश्यले उक्त साँस्कृतिक महोत्सबको आयोजना गर्न लागेको आयोजकले जानकारी दिएको छ ।

जिरी नगरपालिका र वडा नं. २ कार्यालय मुख्य आयोजक र युवा सञ्जाल जिरी, सर्वखासा गुम्बा गुठी, चेर्दुङ युवा क्लव, बौद्धभुवनेश्वरी मावि सह आयोजकको रुपमा रहेका युवा संजाल जिरीका अध्यक्ष केन्द्रज्योती खडकाले जानकारी दिउका छन । महोत्सव यहि फागुन २०, २१ र २२ गते ३ दिन सम्म चल्ने छ ।

पौराणिक कथन अनुसार गुरु पद्यंसंभवले धनकोषाको सागरमा कमलको फुलमा रुप धारण गरेका समयदेखि अहिलेसम्म प्रत्येक महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन विभिन्न अष्ट रुप धारण गरी संसारमा सम्पुर्ण प्राणीहरुको हितको लागि आशिर्वाद र प्राणी उद्धारका लागि अदृष्य रुपमा संसार परिक्रमा गर्न आउने भएकाले सोही बमोजिम उनको स्वागत र आर्शिबाद प्राप्त होस भनि पुजापाठ गर्ने गरिन्छ ।

यद्यपी यस पुजालाई प्रत्येक महिनाको दशमी तिथिमा भव्य र धुमधाम संग मनाउन समस्या हुने भएकाले प्रत्येक वर्षको फागुन शुक्लपक्षको दशमी तिथिको दिन छेच्यु पुजा गर्ने परम्परा रहदै आएको छ । उक्त छेच्यु साँस्कृतिक महोत्सवको उदेश्य भनेको छेच्यु पर्वको धार्मिक तथा साँस्कृतिक पक्षलाई उजागर एवं प्रचार प्रसार गर्नु रहेको अध्यक्ष खडकाले जानकारी दिएका छन । दोलखा र रामेछापका विभिन्न स्थान समेतबाट छेच्यु पर्व अबलोकनको लागि यलुङमा आउने गरेका छन ।

महोत्सवमा स्थानीय भेषभुषा सहित साँस्कृतिक झाँकी, तालिम प्राप्त लामाहरुद्वारा धार्मिक तथा पौराणिक क्षाम नाच, छेक्युर नाँचको प्रर्दशनी, मौलिक खाना तथा स्थानीय खाद्यपरिकार, राष्ट्रिय तथा स्थानीय कलाकारबाट सांगितिक प्रस्तुती तथा बिभिन्न खेलकुदबाट मनोरोञ्जन दिने तयारी भईरहेको छ ।

स्थानीय उत्पादनहरु चिज, चिया, सिल्मा, रिल्दुक, ट्राउट माछालगायतका अन्य खानाका परिकारका साथै उक्त महोत्सवमा करिव ५ हजार आन्तरिक तथा वाह्य पर्यटकहरुले अवलोकन गर्ने आयोजकले जानकारी दिएको छ । महोत्सवको उद्घाटन भने महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्री पार्वत गुरुङबाट हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL