Logo

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको ३ महिने प्रगति, वेवबेस फ्लाईट म्यानेजमेन्टदेखि दोहोरो स्क्रिनिङसम्म

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको ३ महिने प्रगति, वेवबेस फ्लाईट म्यानेजमेन्टदेखि दोहोरो स्क्रिनिङसम्म



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले वेब बेस उडान ब्यवस्थापन युनिट परिक्षणको रुपमा संचालनमा ल्याएको छ । विमानस्थलले पछिल्लो ३ महिनाको प्रगति विबरण सार्वजनिकसँगै उक्त युनिटको परीक्षण संचालन गरेको हो ।

laxmi

त्यस्तै आन्तरिक टर्मिनलको मूख्य प्रवेशद्धवारमा मात्रै यात्रुहरुको ब्यागेज स्क्रिनिङ गर्ने ब्यव्स्था रहेकामा थप प्रभावकारी बनाउन ब्यागेज लिईसके पछि पनि पुन स्क्रिनिङ गर्ने ब्यवस्था गरेको छ ।

नेपाल आयल निगमको गेट हुँदै विमानस्थल प्रबेश गर्ने कर्मचारी तथा अन्य ब्यक्तिहरुका लागि एक्सरे मेशिन तथा कार्ड रिडर सहितको खानतलासीको ब्यवस्था गरेको छ । साथै यात्रुहरुले के कस्ता सामग्री लैजान पाउने भन्ने सुचना सहितको ठूला सुचना बोर्ड समेत राखेको विमानस्थलले जानकारी दिएको छ ।

त्यस्तै यात्रुहरुबाट सुरक्षाको जानकारी लिनका लागि बिभिन्न १० स्थानहरुमा सुचना संकलन बक्स समेत राखिएको विमानस्थलले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL