Logo

भ्रमणबर्ष लक्षित छाँया सेन्टरको क्रिसमस मार्ट, लाईभ व्याण्डदेखि नेपाली परिकारको मज्जा लिन सकिने

भ्रमणबर्ष लक्षित छाँया सेन्टरको क्रिसमस मार्ट, लाईभ व्याण्डदेखि नेपाली परिकारको मज्जा लिन सकिने



काठमाडौं । छाँया सेन्टरले यही शुक्रबारदेखि क्रिसमस मार्ट २०१९ आयोजना गर्ने भएको छ । मंसिर २७ गतेदेखि २९ गतेसम्म संचालन हुने क्रिसमस मार्टमा लाइभ कन्सर्टका साथै विभिन्न आकर्षक कार्यक्रम राखिएकोे कार्यक्रम संयोजक मन्जु धमला थापाले जानकारी दिएकी छिन । मार्ट विहान ८ बजेदेखि राति ११ बजेसम्म संचालन हुनेछ ।

laxmi

नेपाल भ्रमण बर्ष २०२० को प्रबर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्र्स एजेन्टसको सहकार्यमा कार्ल डुईसवर्ग सोसाइटी नेपाल र इभेन्ट शोलुसनको आयोजनमा उक्त मार्ट हुन लागेको आयोजक संस्थाका अध्यक्ष विजय सागर प्रधानले बताए ।

जमर्न दुतावासका डेपुटी चिफ अफ मिशन डा. क्लाउडिया हाईपले मंसिर २७ गते शुक्रबार ४ बजे उद्घाटन गर्ने क्रार्यक्रम रहेको छ । छाँया सेन्टरमा आयोजना हुने क्रिसमस मार्टमा स्वप्न सुमन, द ट्रिपलेटस, लु सिड ड्रिम्स तथा प्रितिका थापा मगरलगायतको लाइभ प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

विभिन्न परिकारका खाना, बेकरी, डेकोरेशन, शान्ता क्लज, किड जोन लगायत आर्कषक उपहारका साथै बिभिन्न स्टल समेत रहने आयोजकले जनाएको छ । नजिकदै गरेको क्रिसमस डे र भ्रमण बर्षको पूर्वसन्ध्यामा गरिएको यस कार्यक्रमले नेपालको पयर्टन प्रबर्द्धनमा सहयोग पुग्ने आयोजकको अपेक्षा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL