Logo

पोखरा विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न सरकारको स्वीकृति, भ्रमण बर्ष कार्यविधी संशोधन

पोखरा विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न सरकारको स्वीकृति, भ्रमण बर्ष कार्यविधी संशोधन



काठमाडौं । सरकारले पोखरा क्षेत्रिय अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक जग्गा अतिक्रमण गर्न नागरिक उड्यन प्राधिकरणलाई स्वीकृति प्रदान गरेको छ ।

laxmi

यसैहप्ता बसेको मन्त्रिपरिषद् बैठकले उक्त विमानस्थलका लागि १ लाख ४७ हजार ६९ रोपनी जाग्गा र ६१ वटा घरटहरा अधिग्रहण गर्न अधिग्रहण गर्न स्वीकृति प्रदान गरेको हो ।

उक्त विमानस्थल निर्माणका लागि कुल ५ लाख ८४ हजार ६ सय ४१ रोपनी जग्गा तथा अतिक्रमण गर्नुपर्ने भएपनि पहिलो चरणमा सो बराबरमात्र अधिग्रहण गर्न स्वीकृति प्रदान गरेको हो ।

संचार सूचना तथा संचारमन्त्री गोकुल बास्कोटाले कात्तिक २९ र मंसिर ३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै नेपाली सेनाका ६१ जना रथी र अधिकृतको सरुवा गरेको छ भने प्राविधिक सहायक रथी रामधर सिंहलाई प्राविधिक उपरथी दर्जामा र प्राविधिक महासेनानी कमलविक्रम शाहलाई प्राविधिक सहायक रथीमा पदोन्नति गरेको जानकारी दिएका छन् ।

यसैगरी सरकारले भ्रमण बर्ष २०२० कार्यक्रम संचालन कार्यविधी २०७६ को पहिलो संशोधनलाई समेत स्वीकृति प्रदान गरेको छ । साथै यहि मंसिर १३ गते भारतमा हुने पञ्चेश्वर विकास प्राधिकरणको गभर्निङ बडिको सातौ बैंठकमा भाग लिन जानका लागि ऊर्जा, जलस्रोत थता सिचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेको संयोजकत्वमा १६ सदस्यीय प्रतिनिधि मण्डलाई समेत स्वीकृति प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL