Logo

भारतमा नेपालको प्रचार गर्दै पर्यटन बोर्ड, गन्तव्य नेपाल कार्यक्रम आयोजना

भारतमा नेपालको प्रचार गर्दै पर्यटन बोर्ड, गन्तव्य नेपाल कार्यक्रम आयोजना



काठमाडौं । नेपाल पर्यटन बोर्डले पूर्वी भारतको विभिन्न क्षेत्रमा गन्तव्य नेपाल नामक कार्यक्रम आयोजना गरेको छ । बोर्डले नेपाल भ्रमण बर्ष २०२० लाई सहयोग पुग्नेगरी भारतका विभिन्न स्थानमा उक्त कार्यक्रम गरिएको हो । पछिल्लो केही महिना यता भारतको खासगरी पूर्वी क्षेत्रदेखि नेपालमा आउने पर्यटकको संख्यामा भारी वृद्धि भएको भन्दै बोर्डले राजपुर, राँची र भुवनेस्वरीमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

laxmi

उक्त कार्यक्रम पश्चात भारतीय विभिन्न टुर अपरेटरहरुले नेपाल भ्रमणका लागि विभिन्न प्याकेज लगायतको घोषणा गर्ने भएका छन । भारतीय टुर अपरेटरले नेपाल भ्रमणका लागि विभिन्न प्याकेजहरु बनाएसँगै भारतीय पर्यटकको नेपालमा बसाई पनि लम्ब्याउन सकिनेछ ।

बोर्डका अनुसार पूर्वी भारतमा गरिएका उक्त कार्यक्रमको विभिन्न टुरअपरेटर तथा संचारमाध्ययमले राम्रै प्रतिक्रिया दिएका छन । भारतीय पर्यटकहरुका लागि नेपाली हावापानी तथा अन्य सेवासुविधाहरुको बारेमा पनि उक्त कार्यक्रमहरुमार्फत बताईएको हुनाले भारतीय पर्यटकको आकर्षण बढ्ने बोर्डले अनुमान लगाएको छ ।

नेपाल भारतको खुल्ला सिमानाका कारण पर्यटकहरुका लागि कुनै वाधा तथा अड्चन नहुने पनि उक्त कार्यक्रममा मार्फत जानकारी दिइएको छ । बोर्डले जुलाई महिनाको १, ३ र ५ तारिखका दिन भारतमा उक्त कार्यक्रमहरुको आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL