Logo

टेलिकमका सेयरधनीलाई प्रतिकित्ता रु ५५ नगद लाभांश, फाइभजी पनि सञ्चालनमा ल्याइने

टेलिकमका सेयरधनीलाई प्रतिकित्ता रु ५५ नगद लाभांश, फाइभजी पनि सञ्चालनमा ल्याइने



काठमाडौं । नेपाल टेलिकमले आफ्ना सेयरधनीलाई प्रतिकित्ता ५५ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको छ । कम्पनीको सोमबार सम्पन्न एघारौं साधारणसभाले अघिल्लो आर्थिक बर्षको नाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले गत आवमा १७ अर्ब ४८ करोड रुपैयाँ नाफा गरेको थियो । दशौं साधारणसभामा पनि कम्पनीले आफ्ना सेयरधनीलाई प्रतिकित्ता ५५ रुपैयाँ दिने निर्णय गरेको थियो । सेयरधनीले मंगलबार अर्थात माघ १ गतेदेखि नै एनएमबी बैंकका शाखाबाट नगद लाभांश लिन सक्नेछन् ।
सााधारणसभामा टेलिकमको सञ्चालक समितिका अध्यक्षसमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्ले टेलिकमको बजार हिस्सा पछिल्लो समय बढ्दै गएको जानकारी दिए । उनका अनुसार भ्वाइसमा कम्पनीको बजार हिस्सा ५०.९ प्रतिशत र ब्रोडब्यान्ड डाटामा ४३.६ प्रतिशत बजार हिस्सा पुगेको छ ।

कम्पनीले एक बर्षभित्रै देशैभर फोरजी सेवा विस्तार गर्ने योजनाका साथ काम अघि बढेको उनले बताए । यसरी फोरजी विस्तारका लागि राखिने उपकरणलाई फाईभजीमा पनि स्तरोन्नति गर्न सकिने उनको भनाई थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL