Logo

टेलिकमको भ्यालेन्टाईन अफर, २५ रुपैयाँमा सवा ४ घण्टाको टकटाईम

टेलिकमको भ्यालेन्टाईन अफर, २५ रुपैयाँमा सवा ४ घण्टाको टकटाईम


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकमले प्रणय दिवस (भ्यालेन्टाईन डे)को अवसरमा नयाँ अफर ल्याएको छ । कम्पनीले जीएसएम सेवाका ग्राहकहरुका लागि  २५ रुपैयाँमा २ सय ५० मिनेट (सवा चार घण्टा)को टक टाइम भएको नाइट भ्वाइस प्याकेज दिने भएको हो ।
यो अफर फागुन ३ गते देखि फागुन १७ गते सम्म लागू हुने कम्पनीले जनाएको छ । यो प्याकेजको अवधि ग्राहकले लिएको  मितिबाट ७ दिनसम्म रहनेछ । यो अफर अन्तर्गत लिएको प्याकेजको उपयोग राती १० बजे देखि विहान ६ बजेसम्म  गर्न सकिने कम्पनीले जनाउको छ ।
यो प्याकेज लिनका लागि भीडे (खमबथ) टाईप गरी १४१५ म एसएम्एस गर्नुपर्ने छ । यस्तैगरी कम्पनीले सोही अवसरमा हरेक  जीएसएम तथा सीडीएमए प्रिपेड सीम तथा रीमको खरिदमा अर्को त्यस्तै सीम वा रीम निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ । दुवै सीम वा रीममा रु. ५० बराबरको टक टाइम उपलब्ध हुनेछ । यो अफर फागुन ३ गते देखि ५गतेसम्म लागू हुनेछ । यो अफर सेवा कम्पनीका काउन्टरहरुबाट मात्र उपलब्ध कम्पनीले जनाएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL