Logo

टेलिकमको फोरजी रोलआउट प्लान स्वीकृत, २०१७ सँगै सञ्चालन

टेलिकमको फोरजी रोलआउट प्लान स्वीकृत, २०१७ सँगै सञ्चालन


रक्षा रेग्मी
0
Shares

काठमाडौं । नेपाल टेलिकमले २०१७ को जनवरी १ देखि फोरजी सञ्चालन गर्न पाउने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको शुक्रवार बसेको बोर्ड मिटिङले नेपाल टेलिकमलाई ‘फोर जी’ सेवा सञ्चालनको अनुमति दिएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणको बोर्डले टेलिकमलाई सन् २०१७ को जनवरी १ तारिक देखि व्यावसायिक रुपमा सेवा सञ्चालन गर्न अनुमति प्रदान गरेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । टेलिकमले फोरजी सञ्चालनको लागि प्राधिकरणमा बुझाएको रोलआउट प्लान स्वीकृत गरेसँगै फारजी सेवाको लागि बाटो खुलेको हो । टेलिकमबाट सेवा सञ्चालनको लागि व्यावसायिक प्रस्ताव माग गरेको थियो ।

अर्यालका अनुसार टेलिकमले आगामी पुस १५ गतेबाट फोर जी सेवा व्यावसायिक रुपमा सञ्चालन गर्न पाउने छ । यससँगै टेलिकमले फोर जीका लागि आवश्यक उपकरण खरिदको बाटो खुलेको पनि बताए । यद्यपी टेलिकममा भने अनुमतीका लागि आधिकारी पत्र पुगिसकेको छैन ।

नेपाल टेलिकमले अहिले पाइरहेको १८ सय मेगाहर्ज ब्याण्ड मार्फत १५ मेगाहर्जमा फोरजी सेवा सुरु गर्न पाउने छ । प्रविधि तटस्थ गरेर टेलिकमले अहिले थ्री जी सेवा सञ्चलान गरिरहेको ब्यान्डबाट नै फोर जी सेवा सञ्चालन गर्न दिने भएको हो ।

यता टेलिकमले नेपाल टेलिकमले पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र र पोखरामा फोर जी सेवा सञ्चालन गर्ने भनेको छ । टेलिकमले फोर जी सेवाका लागि सफ्टवेयर तथा कार्ड खरिद प्रक्रिया अघि बढाइसकेको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बताइन् । हुवावेसँग कार्ड र सफ्टवेयर अर्डर गरिसकेको उनले जानकारी दिइन् ।

उनका अनुसार फोरजी सञ्चालनका लागि आवश्यक अन्य उपकरण टेलिकमले हुवावेसँग खरिद गरिसकेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL