Logo

दशैंको अवसरमा टेलिकमका ५ अफरहरु, निशुल्क सेवादेखि रिचार्जमा बोनससम्म

दशैंको अवसरमा टेलिकमका ५ अफरहरु, निशुल्क सेवादेखि रिचार्जमा बोनससम्म



काठमाडौं । नेपाल टेलिकमले दशैंको अवसरमा विभिन्न आकर्षक छुटहरु दिने भएको छ । नेपालीहरुको महान चाड विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा विभिन्न आकर्षक छुट उपलब्ध हुने टेलिकमले जानकारी दिएको छ ।

laxmi

कम्पनीले फोरजी÷एलटीई र अन्य सेवाहरुमा विशेष छुट सहितका अफर ल्याएको छ । यी मध्ये रिचार्जमा बोनस बाहेकका अफरहरु आज घटस्थापना अर्थात असोज १२ देखि नै लागू भएका छन् ।

यस्ता छन टेलिकमले ल्याएका अफहरु

१. फोरजी/एलटीई सिम परिवर्तन गर्दा कुनै शुल्क लाग्ने छैन । अर्को सूचना नभए सम्म यो अफर निरन्तर रहने छ । ग्राहकले *444# डायल गरी सिम परिवर्तन गर्नु पर्ने वा नपर्ने थाहा पाउन सक्नेछन ।

२. पहिलो पटक फोरजी÷एलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई २ दिनको समयावधि सहितको २ सय एमबी डाटा बोनसको रुपमा उपलब्ध गराइने छ । यो छुट कम्पनीले अर्को सूचना प्रकाशित गरी सूचित नगरेसम्म जारी रहने छ । हाल टुजी र थ्रीजी नेटवर्कमा सिम चलाइरहेका ग्राहकले *444# डायल गरी फोरजी नेटवर्कमा आबद्ध हुन सक्नेछन ।

३. पोष्टपेड ग्राहकका लागि मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क उपलब्ध गराइने छ । यो सेवा अर्को सूचना जारी नभए सम्म निरन्तर रहने छ । आफ्नो मोबाइलमार्फत *1400#  डायल गरेर दिइएका विकल्प अनुसार अथवा unsub mca लेखेर 1400 मा एसएमएस पठाई यो सुविधा हटाउन सकिने छ । साथै कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यो सेवा प्रयोगमा ल्याउन वा हटाउन सकिन्छ ।

४. प्रिपेड ग्राहकले पनि आगामी छठ (कात्तिक १६ गते) सम्म मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क खरिद गर्न सक्नेछन । आफ्नो मोबाइलमार्फत *1400#  डायल गरेर दिइएका विकल्प अनुसार अथवा sub mca लेखेर 1400 मा एसएमएस पठाई यो सुविधा प्राप्त गर्न वा unsub mca लेखेर 1400 मा एसएमएस पठाई यो सुविधा हटाउन सकिन्छ । साथै कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यो सेवा प्रयोगमा ल्याउन वा हटाउन सकिन्छ ।

५. रिचार्जमा बोनस : जीएसएम/सीडीएमए ग्राहकका प्रिपेड/पोष्टपेड मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराइने छ ।

कम्पनीले असोज १८ देखि २४ गतेसम्म रिचार्ज कार्ड वा एमपोस बाट रिचार्ज गर्दा बोनस प्रदान गर्ने जानकारी दिएको छ छ । उक्त योजनामा ५० रुपैयाँ, १ सय रुपैयाँ र २ सय रुपैयाँका रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत र ५ सय र १ हजार रुपैयाँको रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ । यस्तै ५०, १ सय र २ सय रुपैयाँको बोनस ३ दिनभित्र र ५ सय र १ हजार रुपैयाँको बोनस भने ५ दिनभित्र उपयोग गरिसक्नुपर्ने छ ।

यस्तै एमपोसबाट १० देखि ४ सय ९९ रुपैयाँ सम्मको रिचार्ज गर्दा १० प्रतिशत र ५ सय वा सो भन्दा माथीको रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध हुने टेलिकमले जानकारी दिएको छ । यस्तै उक्त बोनस पनि ३ दिन र ५ दिनमा उपयोग गरिसक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL