Logo

सुपर कम्प्युटर सन्चालन गर्न बिजुली खोज्दै काठमाडौ विश्वविद्यालय

सुपर कम्प्युटर सन्चालन गर्न बिजुली खोज्दै काठमाडौ विश्वविद्यालय



काठमाडौं । बनेपास्थीत आईटी पार्कमा राखिएको सुपर कम्प्युटर संचालन गर्न विद्युत आपुर्ती प्रमुख चुनौती देखिएको छ । काठमाडौं विश्वविद्यालयले राखेको उक्त कम्प्युटरलाई आवश्यक पर्ने विजुली तथा युपिएस नहुँदा संचालनमा आउन सकेको छैन ।

laxmi

करिव ७ सय टेरावाईट स्टोरेज क्षमता र ३ हजार बढी प्रोसेसर कोर भएको उक्त कम्प्युटरमा करिव २ सय केभी विद्युत आवश्यक पर्छ । उक्त विद्युत आपुर्तीका लागि सुचना प्रविधि विभागले केयुलाई ट्रान्सफर्मर उपलब्ध गराएको भएपनि सो ट्रान्सफर्मरले मात्रै नपुग्ने केयुका उपप्रध्यापक मनोज शाक्यले जानकारी दिए ।

उनका अनुसार विभागले केयुलाई ३ सय १५ केभी क्षमताको ट्रान्सफर्मर उपलब्ध गराएको भएपनि कम्प्युटरका सर्भर जम्मै एकैपटक रिस्टार्ट गर्नका लागि ब्याट्री ब्याकअप नै चाहिन्छ । तर हाल केयु सँग उक्त ब्याकअप युपिएस छैन । ‘कम्प्युटर संचालनको सबैभन्दा मुख्य चुनौती नै विजुलीको आपुर्ती हो,’ उनले भने, ‘हामीलाई युपिएस अर्थात ब्याट्री ब्याकअप चाहिन्छ तर हामीसँग त्यो छैन जसका लागि हाल पैसा जुटाउने कार्यमा लागेका छौं ।’

हाल काठमाडौं विश्वविद्यालयले उपहारस्वरुप पाएको उक्त कम्प्युटर सरकारको आईटी पार्कमा राखेको छ । कम्प्युटर फिट गरेको झन्डै ३ महिना वितिसक्दा पनि संचालनमा ल्याउन सकिएको छैन । कम्प्युटरले कम्तीमा पनि २ सय केभी विद्युत खपत गर्नेछ जसको मुल्य मात्रै मासिक करिव ४ लाखसम्म पर्न आउँछ ।

उक्त कम्प्युटरमा १६ ओटा डिस्क सर्भरले ७ सय टेराबाईट भन्दा बढी स्टोरेज क्षमता राख्दछन । सुपर कम्प्युटरमा १२ ओटा नेटवर्क स्वीचहरु जडान गरिएको छ । १ सय ८४ ओटा कम्प्युटिङ नड्स हरुले धेरै कम्प्युटरको प्रोसेसिङ एकैचोटी र छिट्टो गर्न मद्दत पुर्याउँदछन । यो कम्प्युटरमा करिव २ हजार ओटा डेस्कटपमा गर्न सकिने प्रोसेसिङ एकैचोटी गर्न सकिन्छ । जसले नेपाल सरकारको डाटा राख्नका साथै मौसमसम्बन्धी भविष्यवाणी छिटो भन्दा छिटो गर्न सकिन्छ । यसको हाई प्रोसेसिङ पावरले एकैचोटी धेरै कम्प्युटरले गर्ने काम गर्न सक्दछ ।

२०१८ मा स्वीजरल्याण्डको युरोपियन ल्याबोरेटरी फर प्र्याक्टीकल फिजिक्सले काठमाडौं विश्वविद्यालयलाई उक्त हाई पर्फरमेन्स कम्प्युटर उपहारस्वरुप प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL