Logo

प्राधिकरणले बृद्धि गरेको भाडादर आईस्पानले नमान्ने, उच्च स्तरीय समिति गठन गर्न माग

प्राधिकरणले बृद्धि गरेको भाडादर आईस्पानले नमान्ने, उच्च स्तरीय समिति गठन गर्न माग



काठमाडौं । नेपाल बिधुत प्राधिकरणले हाल बृद्धि गरेको पोल तथा ओपिजीडब्लु फाइबरको भाडादर इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान) ले नमान्ने भएको छ ।

सहमति बिपरित भाडादर बृद्धि गरेको भन्दै नमान्ने निर्णय गरेको आईस्पानद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्राधिकरणले भने आर्थिक वर्ष २०७५÷७६ देखी लागू हुने गरि आईस्पानलाई प्रयोग गर्न दिएको पोल तथा सेवा संचालन गर्न दिईरहेको ओपिजीडब्लु फाइबर प्रयोग गरे वापतको भाडादरमा बृद्धि गरेको थियो ।

तर आईस्पानले भने सहमति बिनानै प्राधिकरणले एकलौटी रुपमा भाडादर ५ सय प्रतिशत भन्दा बढी बृद्धि गरेको भन्दै नमान्ने जानकारी दिएको छ । आईस्पानले भने प्राधिकरणको पोलहरु तथा ओपिजीडब्लु फाइबर प्रयोग गरी सरल, सहज र सुलभ मूल्यमा इन्टरनेट सेवा बिस्तार गरेको बताउँदै आएको छ ।

हाल कायम रहेको ग्राहकसँग लिने इन्टरनेट सेवाको शुल्क पुरानो भाडादरलाई आधार मानी दिईरहेकोमा नयाँ भाडादरले सेवा प्रदायकहरुलाई अन्योल सिर्जना गरेको आईस्पानको धारणा रहेको छ।

गत आवको बजेटमा समेत शुल्क नबढाउने उल्लेख भएको भन्दै समाधानको लागि संचार तथा सूचना प्रबिधि मन्त्रालय, नेपाल दूरसंचार प्राधिकरण, नेपाल बिद्युत प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघ नेपाल सम्मिलित उच्च स्तरीय समिति गठन गर्न माग गर्दछ बिज्ञप्तीमा भनिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL