Logo

टेलिकमको एफटीटीएच भ्वाइस कल सेवा सुरु, ३ महिना निःशुल्क इन्टरनेट र भ्वाईसकल

टेलिकमको एफटीटीएच भ्वाइस कल सेवा सुरु, ३ महिना निःशुल्क इन्टरनेट र भ्वाईसकल



काठमाडौं । नेपाल टेलिकमले फाइबर टु दि होम (एफटीटीएच) मार्फत इन्टरनेट तथा आईपी प्रविधिमार्फत चल्ने भ्वाइस टेलिफोन सेवा संचालनमा ल्याएको छ ।

कम्पनीले साउन १० गतेदेखि संचालनमा ल्याएको उक्त सेवा ३ महिना निःशुल्क उपलब्ध गराउने जानकारी दिएको छ । ईन्टरनेट प्रोटोकोल (आइपी) मा आधारित प्रविधि अन्तरगतको एफटीटीएच सेवामा उच्च गतिको गुणस्तरीय डाटा का साथै सोही फाइबरबाट भ्वाइस सेवा समेत उपलब्ध हुने गर्दछ ।

उक्त सेवाका लागि कम्पनीले आफ्ना ग्राहकलाई नयाँ नम्बर प्रदान गर्ने छ । हाल भ्वाइस सेवा एफटीटीएच सेवा वितरण भइरहेका स्थानहरुमा डाटाका साथ उपलब्ध गराइएको छ । बाँकी स्थानहरुमा पनि एफटीटीएच विस्तारसँगै क्रमशः उपलब्ध गराइने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हाल काठमाडौं उपत्यकाको किर्तिपुर, सैंबु, गोंगबु, गोठाटार, दरबार मार्ग, ठमेल, हात्तीसार, जावलाखेल, लगनखेल, कलंकी र उपत्यका वाहिर भरतपुर राजमार्ग क्षेत्र, बुटवल, वीरगन्ज तथा पोखरा लेकसाइड क्षेत्रमा यो सेवा उपलब्ध छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL