Logo

टेलिकमको डाटाबाटै पढाउनुहोस बालबालिका, टेलिकम र मिदास ई-क्लासबीच सहकार्य

टेलिकमको डाटाबाटै पढाउनुहोस बालबालिका, टेलिकम र मिदास ई-क्लासबीच सहकार्य



काठमाडौं । नेपाल टेलिकमले मिदास एजुकेसन प्रालिसँगको सहकार्यमा मिदास ई–क्लास सेवा उपलब्ध गराएको छ । विद्यालय तहमा पढाइने पाठ्यक्रम विद्यार्थीहरुलाई मोबाइल फोन, ट्याब्लेट र कम्प्युटर माध्यमबाट उपलब्ध गराई सिक्न सघाउने उद्देश्यले कम्पनीले उक्त सहकार्य गरेको हो ।

विद्यालयमा पढ्नु पर्ने पाठमा आधारित क्विज र गेम पनि यसमा उपलब्ध छन् । नेपाल टेलिकमका ग्राहकहरुले इन्टरनेटको प्रयोग गरी मोबाइल फोन र ट्याब्लेटमार्फत मिदास ई–क्लास प्रयोग गर्न सक्ने छन् ।

मिदास ई–क्लासमा शिशु कक्षा (प्लेग्रुप) देखि कक्षा १० सम्मका विभिन्न विषयहरु समावेश गरिएको छ । मिदास ई–क्लासको सहयोगले बालबालिकाले नबुझेका विषयवस्तुको वारेमा अनलाइनमार्फत शिक्षकसँग सम्पर्क गरी सिक्न सक्ने कम्पनीले जानकारी दिएको छ । शिक्षकले बिद्यार्थीका लागि आवश्यक पाठ्य सामग्री यसैमार्फत उपलब्ध गराउन सक्ने तथा अभिभावकले पनि शिक्षकसँग अन्तरक्रिया गरी सिकेर आफ्ना बालबालिकालाई सिकाउन पनि कम्पनीले जानकारी दिएको छ ।

उक्त सुविधा मिति २०७५ असार १२ देखि उपलब्ध हुनेछ । नेपाल टेलिकमका ग्राहकले दैनिक १५ रुपैयाँ, साप्ताहिक ७० रुपैयाँ र मासिक २५० रुपैयाँमा यो सुविधा खरिद गर्न सकिने छ । यो सुविधा उपभोग गर्न वाइफाई वा मोबाइल डाटा सेवा आवश्यक पर्छ । मोबाइल डाटा प्रयोग गर्दा डाटाको अतिरिक्त शुल्क लाग्ने कम्पनीले जानकारी दिएको छ ।

इन्टरनेटको माध्यमबाट सामग्रीहरु उपलब्ध गराइने भएकोले ग्रामीण तथा दुर्गम स्थानका बालबालिकाले समेत सहजै शैक्षिक सामग्री प्राप्त गरी लाभान्वित हुने कम्पनीको विश्वास लिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL