Logo

टेलिकमले ल्यायो नयाँ सुविधा, अब आफै लिनुहोस आईएसडी सेवा

टेलिकमले ल्यायो नयाँ सुविधा, अब आफै लिनुहोस आईएसडी सेवा



काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि आईएसडी सुविधा आफै लीन सक्ने गरी सेवा सार्वजनिक गरेको छ । कम्पनीले शुक्रबारदेखिनै आफ्ना जीएसएम तथा सीडीएमए पोष्टपेड मोबाइलका सेवाग्राहीले गर्ने अन्तर्राष्ट्रिय कलका लागि उक्त सेवा सुरु गरेको हो ।

ग्राहकहरुले उक्त एक्टीभेट गर्न जीएसएम मोबाइलका लागि ‘०००’ र सीडीएमए मोबाइलका लागि ‘१२३४ डिफल्ट पिन नम्बर हुने कम्पनीले जानकारी दिएको छ । जीएसएम मोबाइलमा आफ्नो पिन नम्बर प्रयोग गरी आईएसडी सेवा खोल्नका लागि सेवाग्राहीले ३३३१८पिन३ डायल गर्नु पर्नेछ ।

साथै सो सेवा बन्द गर्नका लागि ८३३१८पिन३ डायल गर्नु पर्नेछ । कम्पनीका अनुसार ग्राहकले आफ्नो आईएसडी सेवा खुला वा बन्द रहेको जानकारी लिनका लागि ८३३३१३ डायल गर्न सक्नेछन । यसका साथै सेवाग्राहीले सुरक्षाका लागि डिफल्ड पिन नम्बर परिवर्तन पनि गर्न सक्नेछन ।

जीएसएम तथा सीडीएमए पोष्टपेड मोबाइलमा यो भन्दा पहिले पनि आईएसडी सुविधा लिन सकिने व्यवस्था थियो । तर त्यसका लागि कार्यालयमै सम्पर्क राख्नु पथ्र्यो । अब आफ्नै मोबाइलबाट नम्बर डायल गरी सो सुविधा लिन सक्ने भए पछि सेवाग्राहीलाई सहज हुने अपेक्षा कम्पनीले गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL