Logo

सामसुङको आधिकारिक सर्भिस सेन्टर हेटौंडामा, सर्भिस सेन्टर १३ पुग्यो

सामसुङको आधिकारिक सर्भिस सेन्टर हेटौंडामा, सर्भिस सेन्टर १३ पुग्यो



काठमाडौं । सामसुङले मकवानपुरको हेटौंडामा आधिकारिक सर्भिस सेन्टर शुभारम्भ गरेको छ ।

निरन्तर ग्राहकमुखी सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीले आफ्नो १३ औं आधिकारिक सर्भिस् सेन्टर हेटौंडामा खोलेको छ ।

यस अघि कम्पनीले काठमाडौं (सुन्धारा, पाको, कमलादी) जावलाखेल, पोखरा, नारायणगढ, इटहरी, विरगञ्ज, नेपालगञ्ज, विराटनगर, बुटबल तथा विर्तामोडमा सर्भिस सेन्टरहरु खोलिसकेको छ ।

नारायणी मलको तेस्रो तल्लामा अवस्थित नयाँ सर्भिस् सेन्टरको शुभारम्भ सामसुङ ईण्डियाका उपाध्यक्ष वाई विवनले गरेको थियो ।

सर्भिस प्रमुख राजन भट्टराईले ‘ग्राहकहरुमाझ प्रस्तुत गरिएका सर्भिस सेन्टरहरुले भरपर्दाे एवं सुलभ सेवा प्रदान गर्ने बताएका छन ।

सर्भिस सेन्टरहरुबाट वारेन्टी भएका तथा नभएका दुबै किसिमका सामसुङ मोबाइलहरुको मर्मत सम्बन्धी सेवा प्रदान गरिनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL