Logo

प्राधिकरणको सुचनालाई वेवास्ता गर्दै इन्टरनेट सेवाप्रदायक, ४ कम्पनीले अझै तिरेनन् रोयल्टी, खारेज गर्ने तयारी

प्राधिकरणको सुचनालाई वेवास्ता गर्दै इन्टरनेट सेवाप्रदायक, ४ कम्पनीले अझै तिरेनन् रोयल्टी, खारेज गर्ने तयारी



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणमा हालसम्म ४ वटा इन्टरनेट सेवा प्रदायकले मात्र रोयल्टी तिरेका छन । प्राधिकरणले कुल ८ वटा इन्टरनेट सेवा प्रदायकलाई रोयल्टी तिर्न प्रत्राचार गरेकोमा ४ वटा कम्पनीले मात्र तिरेका हुन् ।

प्राधिकरणले केहिदिन अघि रोयल्टी तथा ग्रामीण दुरसंचार कोष बुझाउन अटेर गर्ने सेवाप्रदायकलाइ १ हप्ताको अल्टीमेटम दिएपछि ४ कम्पनीले सो रोयल्टी बुझाएका हुन । प्राधिकरणले १२ दिन अगाडि १ हप्ते अल्टीमेटम दिएपनि हालसम्म जम्मा ४ ओटा सेवाप्रदायकले मात्रै रोयल्टी तिरेका छन ।

प्राधिकरणले हालसम्म भायानेट, आइफोर टेक्नोलाजी, आइविएसएस र नेटम्याक्सले मात्र ारोयल्टी बुझाएको जानकारी दिएको छ । तर, ब्रोडलिंक, क्लासिक टेक, आइटेल र अलाइड नेटलिंकले हालसम्म रोयल्टी तिरेका छैनन् । प्राधिकरणका अनुसार यी कम्पनीहरुले पनि रोयल्टी तिर्न सकारात्मकता देखाएका छन ।

प्राधिकरणले सुचनालाई बेवास्ता गरी रोयल्टी नबुझाएका दुरसंचार ऐन २०५३ अनुसार कारवाही गरिने प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए । ‘हामी बेलाबेलामा रोयल्टी नतिर्ने कम्पनीलाई ताकेता गरिरहेका छौंं यदि सो ताकेताको पनि अटेर गरेमा कम्पनीको खारेज गर्नेछौं,’ उनले भने ।

हालसम्म प्राधिकरणलाई भायानेटले १ करोड ४२ लाख रोयल्टी तिरेको छ भने आइफोर टेक्नोलोजीले १ लाख ४५ हजार रोयल्टी तिरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL