Logo

पौने २ करोड पुग्यो टेलिकमको ग्राहक, ८९ लाख ३५ हजारले चलाउछन् डाटा

पौने २ करोड पुग्यो टेलिकमको ग्राहक, ८९ लाख ३५ हजारले चलाउछन् डाटा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकमको गत मंसिरसम्म ग्राहक संख्या १ करोड ८५ लाख पुगेको छ । टेलिकमले ७७ ओटै जिल्लामा तारसहित तथा ताररहितका सेवा तथा डाटा सेवा सञ्चालनमा ल्याएसँगै ग्राहक आधारमा बृद्धि भएर पौने २ करोड नाघेको हो ।

१४ बर्ष अघि स्थापना हुँदा कम्पनीको ग्राहक आधार करिव ४ लाख २२ हजार रहेको थियो ।

टेलिकमका अनुसार व्यवसायीक उपलब्धितर्फ गत आवमा ग्राहक संख्या १ करोड ५० लाख १५ हजार थियो । २०७४ असार मसान्तमा १ करोड ७६ लाख २ हजार पुगेको हो । जुन अघिल्लो आवको भन्दा १७ दशमलब २३ प्रतिशतले बढी हो ।

ग्राहक संख्या क्रमिक रुपले बृद्धि हुँदै २०७४ मंसिर मसान्तसम्म १ करोड ८५ लाख ५८ हजार र टेलिघनत्व ६४ दशमलब ६३ प्रतिशत पुगेको छ ।

डाटा सेवातर्फ कम्पनीको ग्राहक आधार गत आवमा ७६ लाख २ हजार रहेकोमा १० दशमलब ७७ प्रतिशतले बृद्धि भएर असार मसान्तसम्म८४ लाख २१ हजार पुगेको र सोमा क्रमिक रुपमा बृद्धि हुँदै २०७४ मंसिर मसान्तसम्म ८९ लाख ३५ हजार र डाटा घनत्व ३१ दशमलब १२ प्रतिशत पुगेको छ ।

कम्पनीले हाल फोरजी, थ्रीजी इभिडियो, वाइम्याक्स, वाइफाई हटस्पटमा आधारित ताररहित र फाइवर लिज सेवा उपलब्ध गराउदै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL