Logo

एनसेलको ‘डिजिटल ज्याम’,कर्मचारीको डिजिटल प्रतिभालाई बढाउने प्रतिबद्धता

एनसेलको ‘डिजिटल ज्याम’,कर्मचारीको डिजिटल प्रतिभालाई बढाउने प्रतिबद्धता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनसेल प्राइभेट लिमिटेड (एनसेल’वा ‘कम्पनी’) ले बिहिवार ‘डिजिटल ज्याम’कार्यक्रम आयोजना गरेको छ । आफ्ना सबै कर्मचारीहरुमा डिजिटल प्रतिभाको विकास गर्दै कम्पनीका सेवालाई थप परिस्कृत तथा सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउने उद्देश्य सहित कार्यक्रम आयोजना गरेको बताएको छ ।

उक्त एक दिवसीय कार्यक्रममा एनसेलका सबै कर्मचारीले अनलाइन र अफलाइन माध्यमबाट सिक्दै डिजिटल मानसिकताको विकास र कामगर्ने नयाँ तरिकाका बारेमा परीक्षण गरेका थिए ।

साथै कसरी ग्राहकको आवश्यकताअनुसार नविन सेवा तथा आकर्षक ग्राहक संलग्नताका प्रयासलाई थप तदारुकताका साथ संचालन गर्ने भन्ने विषयमा विभिन्न गतिविधिमा सहभागी भई डिजिटल टुल्सहरुको प्रयोग गर्दै मोबाइल एप, च्याटबट र वेबसाइट लगायतका विभिन्न सोलुसन्सहरू बनाएका थिए ।

डिजिटल प्रतिभाको रुपान्तरणलाई अझ तदारुकताका साथ अघि बढाउने आजिआटा गु्रपको पहलअन्तर्गत एनसेलले डिजिटल ज्याम कार्यक्रमको आयोजना गरेको बताएको छ ।

आजिआटा गु्रपको दक्षिण९पूर्वी एसियार दक्षिण एसियाका मुलुकहरुमा रहेका ६ वटा कम्पनीहरु एनसेल ९नेपाल०, रोबी ९बङ्गलादेश०, डायलग ९श्रीलंका०, सेलकम ९मलेसिया०, स्मार्ट ९क्याम्बोडिया० र एक्सएल ९इण्डोनेसिया० मा एकै साथ संचालन गरिएको यो कार्यक्रम एसियाकै सबैभन्दा ठूलो कर्मचारी लक्षित अनलाइन एक्टिभेसन कार्यक्रमहो । यसमा आजिआटा गु्रपअन्तर्गतका १२,००० कर्मचारीको सहभागिता रहेको थियो ।

आजियाटा ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत जमालुद्दिन इब्राहिमले भने ‘कनेक्टिभिटी र कम्युनिकेसन्स्ले यो विश्वद्रुत गतिमा परिवर्तन भइरहेको छ र दूरसञ्चार क्षेत्रका लागि नयाँ तरिका अवलम्बनगर्दै ग्राहकसँग निरन्तर आबद्ध रहनु, नयाँ सोलुसन्सको विकास गर्नु र नवीन सोचाइका साथ सेवाहरुको सिर्जना गर्दै ग्राहकको जीवन सुधार्न सिक्नुबाहेक अरु कुनै विकल्प छैन,मलेसिया होस् वा नेपाल, हाम्रा सबै कम्पनीमा कार्यरत कर्मचारीहरु नै हाम्रो सफलताको मेरुदण्ड हुन् । ’

विश्वबजारमा डिजिटाइजेसनले जसरी गतिलिएको छ, त्यससँगै हाम्रो प्रतिस्पर्धी क्षमताको निर्धारण गर्न र कम्पनीको विकासका लागि कर्मचारीको प्रतिभा महत्वपूर्ण भएको उनले बताए ।

आजियाटाले आफ्ना कर्मचारीहरुको डिजिटल प्रतिभा विकासका अभ्यासलाई तदारुकताका साथ अघि बढाउन आउदो ३ वर्षमा ६० लाख अमेरिकी डलर लगानीगर्ने प्रतिवद्धता जनाएको छ । यस अन्र्तगत आजियाटाले आफ्ना सबै तहका कर्मचारीहरुको प्रतिभामा निखार ल्याउन र महत्वपूर्ण डिजिटल विकास एवं तिनीहरुको क्षमता अभिवृृद्घमिा लगानी गर्नेछ ।

देशको विभिन्न भागमा फोरजी तथा थ्रिजी सेवाको तिब्र विस्तार गरिरहेको समयमा एनसेलले डिजिटल ज्याम कार्यक्रमको आयोजना गरेको हो ।

डिजिटल नेपाल निर्माणको यात्रामा अगाडी बढि रहदा आफ्ना ग्राहकलाई अझ सार्थकरुपमा सेवा प्रदान गर्न र उनीहरुसँग आबद्ध रहन हामीले डिजिटाईजेसन अंगीकार गर्दै एक साझालयमा काम गर्न आवश्यक भएको एनसेलका प्रबन्ध संचालक सुरेन जे अमरासेकराले बताए । ‘यसका लागि आवश्यक नयाँ सीप र विधिहरु प्रदान गर्दै आफ्ना कर्मचारीहरुलाई डिजिटल भविष्यका लागि तयार पार्न यो डिजिटल ज्याम दिवस सफल भएको छ,’ उनले भने ।

आजियाटा ग्रुपसँग आबद्घ एनसेल, अनुकूल र गतिशील वातावरणको निर्माण गर्दै थप आधुनिक, चुस्तबन्न र आफ्नो कार्यकक्षमा डिजिटल संस्कृतिको विकास गर्न सँधै तत्पर छ, अमरासेकराले भने ।

एसियाकै एक अग्रणी दूरसञ्चार समुहका रुपमा रहेको आजियाटाले सन् २०२१ सम्ममा नयाँ पुस्ताको डिजिटल च्याम्पियनको रुपमा रुपान्तरित हुने दीर्घकालीन लक्ष्य लिएको छ ।

 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL