Logo

कर्णालीका १०अति दुर्गम स्थानमा पुग्यो टेलिकम, एनटीस्याट मार्फत दूरसञ्चार सेवा

कर्णालीका १०अति दुर्गम स्थानमा पुग्यो टेलिकम, एनटीस्याट मार्फत दूरसञ्चार सेवा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकमले कर्णालीका अति दुर्गम १० स्थानमा दूरसञ्चार सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले दार्चुला, जुम्ला, कालिकोट र हुम्ला जिल्लाका अति दुर्गम  स्थानमा एनटीस्याट मार्फत दूरसञ्चार सेवा सञ्चालनमा ल्याएको छ ।

कम्पनीले आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको सन्दर्भमा कुनै पनि दूरसञ्चार सेवा नपुगेका ती स्थानहरुमा अविलम्ब सेवा सञ्चालन गर्न ती स्थानमा दूरसञ्चार सेवा पुर्याएको जानकारी दिएको छ ।

ती मध्ये हुम्ला जिल्लाको चङखेली गाउँपालिकामा कात्तिक २६ गते देखि सेवा सञ्चालनमा ल्याएपश्चात् दशवटै स्थानमा सेवा उपलब्ध भएको छ ।
यसरी हालै सेवा सञ्चालनमा ल्याइएका स्थानहरुमा दार्चुला जिल्लाको ब्यास गाउँपालिका, नौगढ गाउँपालिका र अपि हिमाल गाउँपालिका, जुम्ला जिल्लाको कङ्कासुन्दरी गाउँपालिका, कालिकोट जिल्लाको महावै गाउँपालिका र हुम्ला जिल्लाको कडाकोट, चङखेली र खार्पुनाथ गाउँपालिका रहेका छन् ।

ती गाउँपालिका अन्तर्गत दार्चुलाको हुति, धुलिगढा र खण्डेश्वरी, जुम्लाको बुम्रमादीचौर, कालिकोटको पातामघाट र ओदङखु तथा हुम्लाको मैला, मेघ्पा, खार्पुनाथ र श्रीमस्तामा उपकरण जडान गरिएको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् ।

ती स्थानहरु अति दुर्गम भएकाले यथाशिघ्र सेवा सञ्चालनका लागि कम्पनीले हेलिकोप्टरको समेत प्रयोग गरी उपकरणहरु ढुवानी गरेको थियो ।

टेलिकमले दुर्गम हिमाली जिल्लाहरुमा सेवा उपलब्ध गराउनका लागि एनटीस्याट प्रविधिको प्रयोग गरिरहेको छ । अब ती स्थानका जनताले दूरसञ्चार सेवा उपभोग गर्न पाउने छन् भने नेपाल सरकारको कार्य सम्पादनमा समेत सहजता आउने कम्पनीले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL