Logo

जिओनी एमफाइभ लाइट स्मार्टफोनको मूल्य २ हजारले घट्यो, कस्ता छन् सुविधा ?

जिओनी एमफाइभ लाइट स्मार्टफोनको मूल्य २ हजारले घट्यो, कस्ता छन् सुविधा ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । जिओनी कम्पनीले स्मार्टफोनको मूल्य घटाएको छ । कम्पनीले एमफाइभ लाइट मोडलको स्मार्टफोनको मूल्य २ हजार रुपैंयाँले घटाएको हो ।

यसअघि मोबाइलको मूल्य १९ हजार ९ सय ९९ रुपैयाँ रहेको थियो । अब यस स्मार्टफोन १७ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ । नेपाली बजारमा जिओनीको माग बढ्दै गएकाले र ग्राहकका सुविधाका लागि मूल्य घटाएको कम्पनीले दाबी गरेको छ ।

एमफाइभ लाइट जिओनीको ठूलो व्याट्री रहने म्याराथोन सिरिजको सबैभन्दा नयाँ मोडल हो । एमफाइभ लाइटमा पूर्ण मेटालिक, अल्ट्रा स्लिम युनिबडीमा ५ इन्चको एच डी स्व्रिmन रहेको छ । फोनमा ८ मेगापिक्सेलको रियर क्यामरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।  फोनमा १.३ गिगाहर्जको क्वाड–कोर प्रोसेसर छ ।

फोनको सबैभन्दा आर्कषक पक्ष भनेको यसको ४००० एम ए एचको ब्याट्री हो, जुन साधारण फोन व्याट्री भन्दा दुई गुणाबढी क्षमताको छ । यो फोनको अर्को आर्कषक पक्ष चाही यसको ३ जिवी ¥याम र ३२ जीवी रोम (कार्डबाट १२८ जिवी थप्न सकिने) रहेको छ ।  फोनमा जियोनीको आफ्नै सफ्टवेयर अमिगो ३.१, जुन एन्ड्रोइड ५.१ मा आधारित छ । एमफाइभ लाइटले एकै समयमा रिभर्स ओ टी जी प्राविधी मार्फत दुई अन्यफोन चार्ज गर्न सक्दछ । एमफाइभ लाइट  “श्याम्पेन गोल्डेन” रंगमा पनि उपलब्ध छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL